पाल्पाको रम्भामा पहिरोले पुरिँदा हराएका ५ जनाकै शव भेटियो ।

२०७७, १० आश्विन शनिबार ०१:५१
फाईल फोटो

पाल्पा ।  पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोले घर पुरिँदा हराएका ५ जनाकै शव भेटिएको छ ।

६० वर्षीय हुमबहादुर गाहा, उहाँकी श्रीमती ५० वर्षीया धनिसरा गाहा, १७ वर्षीया  छोरी कृष्णमाया गाहा, नातिनीहरु १४ वर्षीया खुमिसरा आले र ८ वर्षीया लक्ष्मी गाहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बिहीबार बिहान पहिरोले घर पुरिदा परिवारका ५ जना बेपत्ता भएका थिए । बिहीबार निरन्तर झरी पर्ने र पहिरो जाने क्रम नरोकिएपछि हिजो बिहानदेखि खोजी सुरु गरिएको थियो । उनीहरुको हिजो बेलुका शव भेटिएको हो ।

बिहीबार नै पहिरोले घर पुरिँदा रम्भा गाउँपालिका वडा नम्बर २ की २७ वर्षीया मोतीसरा गाहाको ज्यान गएको थियो । उहाँ गर्भवती हुनुहुन्थ्यो ।

Comments

ताजा खबर