Categories: समाचार

माथागढीमा कोरोना भाईरस रोकथाम र राहत वितरणकाे अनुगमन

सन्ताेष गहतराज १३ बैशाख,पाल्पा । माथागढी गाउँपालिकामा कोरोना भाइरस रोकथाम तथा राहत वितरणका सम्बन्धमा जिल्ला स्तरीय अनुगमन भएको छ । जिल्ला समन्वय समितिको समन्वयमा भएको अनुगमनमा प्रदेश सभा सदस्यहरू नारायण प्रसाद आचार्य, युवराज खनाल, रमा घर्ति, पत्रकार साथै राजनितिक दलका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो । कोरोना भाइरस रोकथाम र राहत वितरणका सम्बन्धमा हालसम्म गाउँपालिकाले गरेको गतिविधिको बारेमा जानकारी दिदै वडा स्तरमा समन्वय समितिहरु गठन गरेको र सबैदलको सहमतिमा राहत वितरण प्रभावकारी ढंगले संचालन गरेको र भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुको निगरानी र स्वास्थ्य परीक्षण गरेको अनुगमनका क्रममा गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिनुभयो । उहाँले भारत तथा तेस्रो मुलुकबाट आएका नागरिक समुदाय स्तरमै र्‍यापिड टेस्ट परिक्षण गर्न प्रदेश सरकार समक्ष माग गर्नुभयो। गाउँपलिकाका सबै वडामा पहिलो चरणमा १८ लाख ६० हजार बढीको ८८५ जनालाई राहत विरण गरिएको, ५३ बेडको क्वारेन्टाइन स्थलको निर्माण गरी ६ जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले जानकारी दिए । उहाँले गाउँका महिला स्वयंसेविका, वडा अध्यक्ष, वडा सदस्य लगायतको समन्वयमा आपतकालिन स्वयम्सेवक गठन गरी तयारी अवस्थामा राखिएको बताउनुभयो । अनुगमनका क्रममा माथागढी गाँउपालिकाउपाध्क्षय निर्मला भट्टराई स्वास्थ्य शाखा प्रमुख केशव जि.सि को उपस्थिति रहेको थियो ।

Comments
bhabindra gautam

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago