काठमाडौं । अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अनुमतिकोपर्खाइमा छ । यद्यपि यो खोपको विषयमा अहिले समस्या देखिएको छ । यो खोप विकासको क्रममा भएको परीक्षणको त्रुटिको कारणविवाद देखिएको हो ।
गत जुन ५ मा तेस्रो चरणको क्लिनिकल परीक्षण चल्दै गर्दा अक्सफोर्ड युनिभर्सिटीका शोधकर्ताहरुले गुपचुपरुपमा कोरोना खोपकोपरीक्षणमा परिवर्तन गरे । उनीहरुको परीक्षणबारे हालै सार्वजनिक भएको एक कागजातमा शोधकर्ताहरुले परीक्षणमा सहभागी हुनेस्वयंसेवकहरुमा नयाँ समूह थप गर्ने निर्णय गरेका छन् ।
ठूलो समूहमा गरिएको यो परीक्षणमा कुनै एक समूह थप्नुलाई सामान्यरुपमा हेरिएको हुन सक्छ । तर, उनीहरुले खोप लिने मानिसकोसमूह थप गरिएको विषयलाई गुपचुप राख्नुले भने यो विषय ठूलो बन्न पुग्यो । त्यतिमात्रै होइन, यो खोपको परीक्षणको क्रममाबेलायतमा धेरै मानिसहरुलाई खोपको आधा डोज मात्र दिइएको थियो ।
नयाँ स्वयंसेवकहरुलाई भने सही डोज दिइनेछ र परीक्षण निरन्तर अघि बढाइएको छ । अहिले धेरैले अक्सफोर्ड युनिभर्सिटीले विकासगरेको कोरोना खोपलाई पर्खिरहेका छन् । विशेषगरी बेलायतलाई नै पनि यो खोपको आवश्यकता बढी छ । अहिले बेलायतमाकोरोनाको संक्रमण बढ्दो क्रममा छ । सरकारले अक्सफोर्डको खोप १० करोड डोजको लागि सम्झौता गरिसकेको छ ।
गत नोभेम्बर २३ मा अक्सफोर्डले सकारात्मक समाचार सार्वजनिक ग¥यो । उसले पहिला आधा र पछि पूरा डोज दिएका मानिसहरुमाकोरोना संक्रमण रोक्ने प्रभावकारिता ९० प्रतिशत हुने र दुवैपटक पूरा डोज दिएका मानिसमा भने ६२ प्रतिशत कोरोना संक्रमणनियन्त्रणको प्रभावकारिता हुने बताएको थियो ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो खोप निर्माणको टोलीलाई धन्यवाद दिँदै अक्सफोर्डको खोपको नतिजा उत्साहप्रद रहेकोबताएका थिए । यसले आफूहरुको कोरोना नियन्त्रणको कार्यमा महत्वपूर्ण सहयोग मिल्ने उनको भनाइ छ ।
अहिले अक्सफोर्ड र एक्स्ट्राजेनेकाले आफूहरुले विकास गरेको खोपले केही समयमा नै अनुमति पाउने विश्वास व्यक्त गरेका छन् । तर, उनीहरुको परीक्षण र त्यसको नतिजाको विषयमा देखिएको विवाद भने साम्य भइसकेको छैन ।
परीक्षणको क्रममा फरक फरक किसिमको डोज दिइनुले उनीहरुको परीक्षणको नतिजामा विश्वास गर्न सकिने अवस्था नरहेकोविशेषज्ञहरुको भनाइ छ । परीक्षणको क्रममा ५५ वर्षभन्दा बढी उमेर भएका मानिसहरुमा आधा डोजको प्रयोग गरिएको थिएन । जबकी५५ वर्षभन्दा धेरै उमेर भएका मानिस कोरोनाबाट धेरै जोखिममा रहन्छन् । अमेरिकी कम्पनी फाइजरले आफ्नो परीक्षणको क्रममा ६५वर्षभन्दा बढी उमेरका हजारौं मानिसमा खोपको परीक्षण गरेको थियो । फाइजरको खोप संक्रमण नियन्त्रणका लागि ९४ प्रतिशतप्रधावकारी देखिएको थियो ।
जानकारहरु कसरी खोपको परीक्षण भइरहेको छ भन्ने विषयमा सबैलाई जानकारी दिनु जरुरी हुने बताउँछन् । उनीहरुका अनुसार खोपनिर्माणको प्रक्रियाबारे दिइएको सबै जानकारीले मानिसहरुमा पनि खोपप्रतिको विश्वास बढाउँछ । हालै अन्तर्राष्ट्रिय समाचार संस्थारोयटर्सले पाएको हजारौं पानाको क्लिनिकल परीक्षणको विवरण तथा वैज्ञानिकहरुसँगको अन्तर्वार्तापछि शोधकर्ताहरुको परीक्षणमात्रुटि भएको पाइएको हो ।
अक्सफोर्ड युनिभर्सिटीले भने यो परीक्षण निकै कडा राष्ट्रिय, नैतिक र नियमनकारी व्यवस्थामा आधारित रहेर गरिएको दाबी गरेको छ ।परीक्षणको क्रममा गरिएको सबै परिवर्तन तथा सुधार नियामकहरुलाई बुझाइएको र उनीहरुले यस विषयमा अध्ययन गरिरहेकोअक्सफोर्डको भनाइ छ । बेलायतको नियमनकारी संस्थाले पनि अहिले खोपको परीक्षणको नतिजाबारे अध्ययन भइरहेकाले यसविषयमा व्याख्या नगर्ने बताएको छ ।
अक्सफोर्डले खोप विकास गर्ने क्रममा आवश्यक हुने समयमा पनि नियामकलाई जानकारी नदिएको अहिले पाइएको कागजातमाउल्लेख छ । एक्स्ट्राजेनेकाका अधिकारीहरुले खोप परीक्षणको नतिजा सार्वजनिक गर्ने क्रममा डोजमा देखिएको त्रुटिका कारणकसैलाई आधा र कसैलाई पूरा डोज भएको खोप दिएको बताएका थिए । अक्सफोर्डका वैज्ञानिकहरुले भने आधा डोज दिइनु कुनै गल्तीनरहेको बताएका छन् । तर, यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन । यसले यो खोपबारे थप आशंका बढेको छ ।
यद्यपि विशेषज्ञहरु भने अझै पनि अक्सफोर्डको खोप सुरक्षित रहेकोमा कुनै आशंका नरहेको र यसले विश्वभर कोरोना महामारीनियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनीहरुको विश्वास छ ।