- दसत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मातृका यादवले विन्दवासिनी गाउँपालिकाका पार्टी कमिटी सचिवमुकेश चौरसियाका हत्याराविरुद्ध किटानी जाहेरी लिन प्रहरीले उदासीनता देखाएको आरोप लगाएका छन् ।
गत बिहीबार (६ असोज) गाउँपालिकाको शपथ ग्रहणमा दोहोरो झडप हुँदा उपचारका क्रममा चौरसियाको निधन भएको थियो । चारदिन बित्दा पनि प्रहरीले अनुसन्धानमा गम्भीरता देखाउन नसकेको र किटानी जाहेरीसमेत अस्वीकार गरेको यादवको ठहर छ ।
Comments