आर्थिक अवस्थाका कारण १० वर्षिय वालकको आँखा उपचारमा समस्या – सहयोगको अपिल

दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं. ५ का १० बर्षिया बालकको आँखामा समस्या हुदाँ आँखाको नानि बाहिर निस्केको छ । गएको चैत्र महिनामा एकासी बालकको आँखा चिलायो |

आँखा चिलाए पछि आखाँमा चिसो पसेर आँखा चिलाएको हुन सक्ने ठानेर घर परिवारले त्यति ध्यान दिएनन | दिन बित्दै जाँदा आँखा सन्चो हुनुको साटो झनै आँखा सुन्नियो | गाउँमै धामीझाक्रिको भरमा ४-५ महिना बितिसकेको थियो | गाउँमा केही नलागे पछि आर्थिक अवस्था न्युन भएका परिवारमा छट्पटी सुरु भयो ।

दाँया आखाँको माथिको भाग सुनियर बाहिर निस्केको ६ महिना सम्म पनि आँखाको उपचार हुन सकेको छैन् । आँखाको उपचारको लागि परिवारले आफुसँग भएको सबै खर्च गरिसकेका छन्। आँखाकै उपचारको लागि सुर्खेत, नेपाल्गञ्ज, काठ्माण्डौका ठुला अस्पतालमा समेत छोरालाई लागिसके पनि पैसा कै कारण छोराको दायाँ आँखाको अप्रेसन गर्ने नसकिएको १० बर्ष भुवन खत्रीकी आमा पबित्रा खत्रिले बताइन् ।

आँखाको उपचारमा लागी रहँदा आँखामा मासु पलाएर समस्या भएको र आँखाको अप्रेसन गनुपर्ने अस्पतालले जनाएको छ ।

उता भुवनका बुवाको झनै अप्ठ्यारो अवस्था रहेको छ । उनि कामको सिलसिलामा भारत सिमलामा काम गर्दैगर्दा लडेर ढाड भाच्यिएको छ । ढाडको उपचारको लागि मात्र करिब ४ लाख खर्च भई सकेको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

कक्षा ५ मा पढ्ने खत्रिको आँखा उपचारको लागि दुल्लु नगरपालिका वडा नं ५ ले २ पटक गरी करीव ४५ हजार रुपैँया खर्च गरेको छ ।

२ पटक उपचार गर्दा घर परिवारको र वडाको पैसाले सम्भव नभए पछी उनि दुल्लु नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी सबैले आँखाको उपचारको लागि करीव ५० हजार रुपैँया उठाएर उनको उपचारको लागि काठमाण्डौँ सम्म जानको लागि एम्बुलेन्स र आवश्यक सहयोगको लागि सिफारीस गरीएको दुल्लु नगरपालिका मेयर घनश्याम भण्डारीले बताए ।

पिडाले छट्पटिएका १० वर्षिय वालकलाई लायन्स क्लब अफ दुल्लुले नगद २५ हजार सहयोग गरेको छ । नेपालगंज स्थित फत्तेवाल आँखा अस्पतालले उनलाई आँखाको ट्यूमर हुन सक्ने भएकोले काठ्माण्डौ रिफर गर्‍यो ।

१० वर्षिय वालकको यस्तो दयनीय अवस्था देखेपछि लायन्स क्लब अफ दूल्लुले सानो सहयोगले काठ्माण्डौ जानको लागि सहज होस भन्ने उद्देश्यले सहयोग गरेका क्लवका प्रथम उपाध्यक्ष कपिल खनालले जानकारी दिएका छन् ।

उनको उपचारको लागि दैलेखी सेवा समाजले साथ दिएको छ । उनलाई सहयोग गर्ने चाहाने जो सुकैले दैलेखी सेवा समाजका अध्यक्ष प्रताव शाहीको मोवाइल नं. ९४९८६५३१४ र धर्वेन्द्र शाहीको मोबाइल नं. ९८४१४१९६० मा सम्पर्क गर्न सकिने जनाएको छ ।

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago