झापा भद्रपुरमा पिसिआर मेसिन आइपुग्यो, साउन १५ देखि परीक्षण सुरु हुने

झापा – मेची प्रादेशिक अस्पताल भद्रपुर झापामा साउन १५ गतेदेखि कोरोना भाइरसको आरटी पीसीआर परीक्षण सुरु हुने भएको छ।

स्वीस सरकारले आरटि पिसिआर मेसिन उपलब्ध गराएपछि कोरोना भाइरसको परीक्षण मेची अस्पताल भद्रपुरमै सुरु हुने भएको हो।

यस अघि झापामा संकलन गरिएका स्वाब धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोशी अस्पताल तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पुर्याउनु पर्थ्यो।

प्रदेश सरकारले शुक्रबार मात्र झापाका प्रदेश सांसदहरूलाई मेसिन हस्तान्तरण गरेको थियो। मेसिन अस्पताल आइपुगेपछि जडान कार्य सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ।

उक्त अस्पतालले प्रयोगशालामा काम गर्नका लागि ४ जना जनशक्ति तयारी अवस्थामा राखेको र दुईजनाका लागि आवेदन आह्वान गर्ने जनाएको छ।

अस्पतालका मेडिकल सपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरका अनुसार ती जनशक्तिलाई परीक्षणको तालिमका लागि विराटनगर पठाइने छ।

उनले भने, ‘मेसिनका लागि एउटा सानो सामान काठमाडौँबाट आउँदैछ। त्यो आइपुग्ने वितिक्कै परीक्षण सुरु भइहाल्छ।

अस्पतालमा स्थापना गरिने कोरोना भाइरस संक्रमण परीक्षण कक्षको झापाका प्रदेश सांसदहरुले शनिबार अनुगमन गरेका छन्।

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago