Categories: समाचार

 लोकतन्त्रमाथि खतरा : बाबुराम भट्टराई।

पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा भइरहने बताएका छन्।

सरकारले सोमबार जारी गरेका अध्यादेश फिर्ता लिने निर्णय गरेपछि ट्वीट गर्दै भट्टराईले समाजवादीतर्फ हानेको अध्यादेशको गोली लागेर प्रधानमन्त्री ओली आफैं घाइते भएको बताए।‘समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएछन्। यसबीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानबिन/कारबाही हुनैपर्छ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ।सावधान!,’ उनले लेखेका छन्। यसअघि समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई पूर्वआइजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएका थिए।

पार्टी फुटाउने योजनासहित ल्याइएका सांसद यादवलाई मेरियट होटलमा राखिएको थियो। उनी बिहीबार बिहान उक्त होटलबाट फुत्किएपछि समाजवादी पार्टी फुटाउने योजना तुहिएको थियो।यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि अपहरण शैलीमा सांसद उठाउनेलाई कारबाही हुनुपर्ने माग गरेको छ।‘अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो,अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहीको प्रतीक्षामा छ देश! कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै भनेका छन्,‘जनताको तर्फबाट आग्रह छ अब सम्पुर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरौं। पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला।’

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago