अनाधिकृतरुपमा नक्सा छपाई तथा विक्री वितरण नगर्न नापी विभागको आग्रह

पाल्पा । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा छपाई गरी अनाधिकृतरुपमा विक्री वितरण नगर्न नापी विभागले आग्रह गरेको छ ।
मुद्रण विभागले प्रकाशन गरेको लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा छपाई गरी अनाधिकृतरुपमा विक्री वितरण गरेमा कारवाही गर्ने बिभागले जनाएको छ । यसरी छपाई तथा विक्री वितरण गरे कानुनी कारबाही हुने विभागले प्रकिशत गरेको सूचनामा उल्लेख छ । नक्सा छाप्नु र विक्री गर्नु दण्डनीय भएको भन्दै विभागले बिना स्वीकृति अनाधिकृत तवरले छपाई र विक्री वितरण नगर्न / नगराउन आग्रह गरेको हो ।

कानुन विपरित कसैले नक्सा छपाई तथा वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने विभागका महानिर्देशक प्रकाश जोशीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख ।  स्रोत नखुलेको, नक्साको आधारभूत विषय (हेड्रिङ, स्केल, लिजेन्ड, टेस्क) प्रयोग नभएको र प्रशासनिक तथा राजनीतिक सीमासमेत नमिलेका नक्सा  सामाजिक संचाल एवं विभिन्न संचार माध्यममा प्रयोग भइ जनमानसमा भ्रम सिर्जना भएको भन्दै विभागले यस प्रकारका नक्सा समाजिक सञ्जाल तथा संचारमाध्यममा प्रयोग नगर्न अनुरोध गर्दै विभागको वेवसाइटमा राखिएको नक्सा मात्र प्रयोग गर्न अपील गरिएको छ ।

विज्ञप्तिमा स्वीकृत नेपालको (राजनीतिक तथा प्रशासनिक) को छपाई कार्य  भइरहेकोले छिटै सर्वसुलभ वितरणमा ल्याइने समेत बिभागले जानकारी गराएको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago