भविन्द्र गौतम, ११ वैशाख, पाल्पा ।
पहिलो चरणमा राहत लिन छुटेका विपन्न परिवारहरु सबैभन्दा ठूलो मारमा परेका वेला लकडाउन लम्बिएसंगै दास्रो चरण राहत पाउने वा नपाउने अन्योलमा परेका छन् । पारिवार सदस्यका आधारमा सहुलियत दरमा खाद्य सामाग्री उपलव्ध गराउने निर्णय गरेको तानसेन नगरपालिकाले वुधवार अर्को सूचना प्रकाशन गरी राहत वितरणको नयाँ मापदण्ड वनाएसंगै नगरवासी अन्यौलमा परेका हुन् । वैशाख ८ गते नागरिकता वा परिचयपत्र वा मतदाता परिचयपत्र वा लालपुर्जाको साथमा आवस्यक रकम सहित १० गते भित्र निवेदन दिनुपर्ने निती वनाएको नगरपालिकाले अर्को सूचना जारी गर्दै लालपुर्जा र मतदाता नामावलिमा नामसमेत हुनुपर्ने निति वनाएपछी सहुलियत दरमा खाद्य सामाग्री पाउने आशामा वसेका नगरवासी निरास वनेका छन् ।वैशाख १० गते निर्णय संशोधन गरी सम्वन्धित वडाको स्थायी वासिन्दा भएको हुनुपर्ने, सम्वन्धित वडाको मतदाता नामावलिमा नामभएको हुनुपर्ने, जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा), नागरिकता प्रमाणपत्रको साथमा यस अगाडी राहत नलिएको हुनुपर्ने र नगरको प्रोफाईलमा गरिव परिवार भन्ने उल्लेख भएको हुनुपर्ने भन्दै उल्लिखित प्रकृया पुरा भएकालाई प्राथमिकता दिने जनाए संगै नगरपालिकाको खाद्यान्न वितरण गर्ने निर्णय विवादमा तानिएको छ । परिवारको संख्या आधारमा १५ देखि ३० किलो चामल, बढीमा २ लिटर तेल लगाएका खाद्य सामाग्री राहत पाएका नगरवासी दास्रो चरणको राहत पाउनेमा निकै आशावादी देखिन्थे । एकातिर खाद्यान्न वितरण गरेको आधा महिना बित्दापनी थप राहत पाउने वा नपाउने अलमल थियो भने अर्को तिर नयाँ मापदण्ड र विपन्न परिवारको लागत संकलनमा नगरसरकार अलमलिँदा धेरै नगरवासीको घरमा चुल्लो बल्न धौ भएको थियो । खाद्यन्न वितरणमा स्थानियतहको अलमल, बिपन्नलाइ सास्ती वडाले तथ्याङक संकलन गर्दा जानकारी नभएर वा केही दिनलाई पुगिहाल्छ किन राहत लिने भनेका विपन्न परिवार सबैभन्दा बढी मार परेका छन् । खाद्यन्न सकिएकाहरुले आफ्ना जनप्रतितिनिहरुलाई हारगुहार गरेपनि त्यसको सुनुवाइ भएको छैन । तानसेन नगरपालिका वडा ६ का तिलक खड्का तानसेन नगरपालिकाले दिएको खाद्यन्न सकिएकाले अप्ठारामो परेको गुनासो गरे । आफ्नो पेशा गरिखान लकडाउन खुलेन नगरपालिकाले दिने सहुलियतको चामल किन्न पैसा पनी नभएको उनको भनाइ छ । पहिलो सूचना अनुसार सहुलियतको खाद्यान्न पाउनका लागी आफ्ना जनप्रतिनिधिलाई नगद रकम समेत वुझाएका नगरवासीले दोस्रो सूचनाको मापदण्डमा नपरेपछी आफुले वुझाएको रकम फिर्ता हुने वा नहुने अन्योलमा परेका छन् ।
तानसेन नगरपालिकाको निर्णयले आफ्ना मतदाता लाईमात्र न्याय गर्ला तर वाहिर वाट आएर वसोवास गर्ने, निम्नवर्गिय मजदुर, कोठाभाडामा वस्ने, वाहिरवाट तानसेन आई पढ्न वस्ने विद्यार्थी, सुकुम्वासी, विहानवेलुका छाक टार्न नसक्नेहरुलाई राहत नभई मतदाता जोगाउनका लागी राहत भन्दै विद्यार्थी नेता सुवास गैरे आक्रोश पोख्छन् । पहिलो चरणमा नगरका १४ वडामा वसोवास गर्ने १५९५ परिवारलाई राहत वितरण गरेको नगरपालिकाले शंकटका वेला विपन्न नगरवासीलाई वाँच्नका लागी सहयोग गर्नु नगर सरकारको दायित्व हो भन्ने तथ्य विर्सिएर दोस्रो चरणमा राहत वाँड्न मतदाता नामावलिमा नाम र लालपुर्जा खोज्नु निकै विभेदपुर्ण निर्णय मानिएको छ ।