लुम्बिनी प्रदेशमा कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार

लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित बिरामीहरुको उपचार निःशुल्क गर्ने भएको सरकारले प्रदेशमा कोरोना सङ्क्रमित भएरलक्षण देखिएका बिरामीहरुको उपचार कोभिड विशेष अस्पताल अन्य सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको हो

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा बिहीबार बुटवलमा बसेको प्रदेश कोरोना सङ्कट व्यवस्थापनकेन्द्रको बैठकले लक्षणसहितका सङ्क्रमित बिरामीको उपचार गर्दा लाग्ने खर्चमध्ये सङ्क्रमित बिरामीले कोरोनाको बीमा गरेको भएसोबाट व्यहोर्ने बीमा रकमभन्दा बढी खर्च भए पनि निःशुल्क गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीलेजानकारी दिनुभयो

फोटो फाईल

यस्तै, प्रदेश सरकारले लक्षण देखिएका कोरोना सङ्क्रमित शङ्कास्पद बिरामीहरुको निःशुल्क पिसिआर परीक्षणको व्यवस्था गर्ने त्यस्ता बिरामीहरुलाई अनिवार्य परीक्षणको दायरामा ल्याउने समेत निर्णय गरेको सङ्क्रमित बिरामीले आफ्नै खर्चमा आफ्नोसुरक्षाका लागि परीक्षण गर्न चाहेमा भने सःशुल्क परीक्षणको व्यवस्था गर्ने परीक्षणको नतिजा प्रयोगशालाहरुले अनिवार्य रुपमाजिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउने व्यवस्था मिलाउन प्रदेश सामाजिक विकास मन्त्रालयलाईजिम्मेवारी तोकिएको उक्त रिपोर्ट जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रले व्यक्तिगत गोपनीयता रहने गरी सम्बन्धित स्थानीयतहलाई उपलब्ध गराउने व्यवस्था मिलाइने भएको

यस्तै, पछिल्लो समयमा कोभिड सङ्क्रमणबाट मृत्यु भएका मृतकको शव व्यवस्थापनका लागि अन्योलता देखिएको अवस्थामा प्रदेशसरकारले शव व्यवस्थापनका लागि यसअघि भएका निर्णयअनुसार कार्यान्वयनका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्लाअधिकारीले व्यवस्था मिलाउन जिम्मेवारी तोकिएको प्रेस सल्लाहाकार केसीले जानकारी दिनुभयो

बैठकले प्रदेशका सबै कोभिड विशेष अस्पतालमा उच्च अवस्थाको स्वास्थ्य सेवा युनिट क्षमता विस्तार गर्ने लुम्बिनी प्रादेशिकअस्पतालअन्तर्गत बुटवल धागो कारखाना कोभिड विशेष अस्पतालमा प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको अघिल्लो निर्णयानुसारतत्काल सघन उपचार कक्ष (आइसियु) उच्च अवस्थाको स्वास्थ्य युनिट (एचडियु) सेवा विस्तार गर्नेसमेत निर्णय गरेको यस्तैप्रदेशका सम्पूर्ण जिल्ला अस्पतालहरुमा स्वास्थ्यका अन्य सेवा प्रभावित नहुनेगरी मौजुदा दरबन्दी जनशक्तिबाट सञ्चालन गर्ने गरीपाँच श्ययासम्म क्षमताको उच्च अवस्थाको स्वास्थ्य युनिट (एचडियु) सेवा सञ्चालन गर्ने निर्णय भएको प्रेस सल्लाहाकार केसीलेजानकारी दिनुभयो

यस्तै, जिल्लाभित्रका लक्षण भएका बिरामीहरुलाई जिल्लास्थित अस्पतालमा सञ्चालित उच्च अवस्थाको स्वास्थ्य युनिट (एचडियु) सेवामा नै आवश्यक उपचारको व्यवस्था मिलाउने तथा गम्भीर जटिल अवस्थाको बाहेक सामान्य लक्षण सहितका सङ्क्रमितलाईरिफर नगर्ने गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी तोकिएको

यस्तै, कोरोनाको सम्भावित उच्च सङ्क्रमणबाट स्वास्थ्यकर्मीहरुलाई जोगाउन अस्पतालमा कार्यरत चिकित्सकलगायतस्वास्थ्यकर्मीहरुको निश्चित समयावधिभित्र लक्षण नभए पनि कोभिड जाँचको व्यवस्था मिलाइने भएको बैठकले होमआइसोलेसनमा बस्ने सङ्क्रमितहरुलाई नियमित निगरानीमा राख्ने गरी स्थानीय तहहरुले स्वास्थ्यकर्मीसहित जनप्रतिनीधिको टोलीबनाएर होम आइसोलेसनमा बस्नेको स्वास्थ्य अवस्था, प्रयोगशाला परीक्षण, स्वास्थ्य सुरक्षा मापदण्ड, आकस्मिक उद्धार लगायतकोव्यवस्था आवश्यक तथ्याङ्क नियमित रुपमा गर्न निर्देशन दिइएको

कोभिडको बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी मित्रराष्ट्र भारतसँग आवतजावत गर्न तोकिएको सीमा नाकामात्र व्यवस्थित रुपमासञ्चालन गर्ने तोकिएको नाकाबाट पनि चाडपर्व लगायतका कारण हुने छोटो अवधिको आवतजावतलाई बन्देज गर्ने गरी सम्बन्धितजिल्लास्थित प्रजिअले व्यवस्था मिलाउने जिम्मेवारीसमेत तोकिएको बैठकले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य प्रयोगसहितघरघरमा नै धार्मिक तथा सांस्कृतिक चाडपर्व मनाउन जनचेतनामूलक कार्यक्रम खोई मास्क लगायतको अभियान सम्बन्धित स्थानीयतहले सञ्चालन गर्न भनिएको

कोभिड सङ्क्रमितको उपचार पद्धति प्लाज्मा थेरापीका लागि रगत सङ्कलन रक्तदान गर्ने व्यवस्था चारवटै कोभिड विशेषअस्पतालहरुमा विकास गर्ने, कोभिड सङ्क्रमित बिरामीको उपचारमा प्रयोग हुने रेम्डिसिभिर लगायतको औषधि निश्चित सङ्ख्यामाखरिद गरी सञ्चितको व्यवस्था प्रयोग चारवटै कोभिड अस्पतालबाट गर्ने गरी सामाजिक विकास मन्त्रालयले आवश्यक व्यवस्थामिलाउने जिम्मेवारी तोकिएको

Comments
sp sp

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago