सिरहामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्‍टि ।

काठमाडौं ।  मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ। तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका- ­४ निवासी ६८ वर्षीय वृद्धमा शनिबार कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।

लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको गत भदौ २ गते गाउँमै स्वाब सङ्कलन गरिएको थियो। स्वाब सङ्कलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको भदौ ३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताए।

उनको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ्को काम सुरु गरिएको प्रमुख यादवको भनाइ छ। योसँगै सिरहामा कोरोना संक्रमण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। यसअघि सिरहाको गोलबजार नगरपालिका- १२ का २२ वर्षीय युवक र विष्णुपुर गाउँपालिका-­१ का ४० वर्षीय युवकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो।

Comments
Bishawas Acharya

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago