काठमाडौं । कात्तिक महिनामा ७८ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक महिनामा कुल ७८ अर्ब१८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । योसँगै ४ महिनामा कुल ३ सय ३७ अर्ब ४ करोड रुपैयाँ बराबरको रेमिट्यान्सआएको राष्ट्र बैंकले जनाएको छ ।
यो रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको ४ महिनाको तुलनामा ११.२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष रेमिट्यान्सको यो आकार ५प्रतिशतले घटेको थियो । यो रेमिट्यान्स आप्रवाहसँगै यो महिनामा ९ अर्ब ५६ करोड शोधनान्तर बचत भएको छ । यो बचतसँगै ४महिनाका देशको कुल शोधनान्तर स्थिति १ सय १० अर्ब ६५ करोड रुपैंया पुगेको राष्ट्र बैंकको तथ्याँक छ । यो बचतसँगै विदेशी विनिमयसञ्चिति १५ खर्ब ६ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।
रेमिट्यान्स बढे पनि यो अवधिमा वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या भने ह्वात्तै घटेको छ । ४ महिनाको अवधिमा कुल २५ हजार९ सय ३१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा करिब ६७.९ प्रतिशत कम हो ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…