राष्ट्रपतिबाट रानीपोखरी उद्घाटन : उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गर्नुभएको गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानोन्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको हो भूकम्प गएको वर्ष विसं २०७२ माघ गते राष्ट्रपति भण्डारीलेरानीपोखरीबाटै नेपालका सबै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि शिलान्यास गर्नुभएको थियो    

फोटो फाईल

सो अवसरमा राष्ट्रपति भण्डारीले ले प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध   प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाडौँउपत्यकाको संरक्षण विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ विश्वास व्यक्त गर्नुभएको

राष्ट्रपति भण्डारीलेभूकम्पबाट घरबारविहीन सबैलाई घरबासको व्यवस्थासहित पुनःस्थापना गर्नेछौँ, भूकम्पबाट क्षतविक्षत भएका हाम्रासांस्कृतिक सम्पदालाई अझ बलियो मौलिक स्वरूपमै पुनःर्निर्माण गर्नेछौँभन्ने अठोट प्रण पूरा हुन लागेकामा खुशी व्यक्त गर्दै बाँकीसंरचना चाँडै बन्ने अपेक्षा व्यक्त गर्नुभयो

कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरीको आफ्नै ऐतिहासिक, सांस्कृतिक पर्यावरणीय महत्व आफ्ना दिदीबहिनी नहुने दाजुभाइले भाइटीका लगाउने महत्वपूर्ण तीर्थस्थलका रूपमा यहाँ रहेको बालगोपालेश्वर मन्दिर विगतको गुम्बजशैलीबाट प्रताप मल्लकालीन ग्रन्थकूट शैलीमा पुनःनिर्माण भएको

उहाँले प्राधिकरणले परम्परागत प्रविधि, शैली निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी   मन्दिरले हाम्रा पुरातात्विकसम्पदाको संरक्षण पुनर्निर्माणका क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडीखेल, भृकुटीमण्डप दशरथ रंगशाला समेतलाई जोडी बृहत्तर गुरुयोजना तयार पारेको जानकारी पाउँदा खुशी लागेकोबताउनुभयो उहाँले सबै सरोकार पक्षसँग समन्वय गरी उक्त गुरुयोजनालाई कार्यान्वयनमा लैजानका निम्ति शुभकामना दिनुभयो

पुनर्निर्माण हुँदै गरेको धरहरा यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँवासीलाई विशाल खुलाक्षेत्र उपलब्ध गराउनेछ यसबाटसांस्कृतिक चाडपर्व मनाउन, खेल मैदानका रुपमा प्रयोग गर्न तथा स्वदेशी एवं विदेशी पर्यटकहरूका आकर्षणको केन्द्र बनाउन मद्दत पुग्नेमैले विश्वास लिएको छु ”, राष्ट्रपतिले भन्नुभयो

रानीपोखरीसँगै अवस्थित ऐतिहासिक दरबार हाइस्कूलको पुनःनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम हुनु सराहनीय भएको बताउँदैविद्यालयले योग्य नागरिक तयार गरी मुलुकको विकास प्रगतिमा महत्वपूर्ण योगदान पु¥याएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्तयस भवनलाई पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पु¥याउने मित्र राष्ट्र चीन सरकार चिनियाँजनताप्र िआभार व्यक्त गर्नुभयो   सो विद्यालय शैक्षिक गुणस्तरको मानक हुने विश्वास उहाँले व्यक्त गर्नुभयो

पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरी दरबार हाइस्कूलको उद्घाटन भएकामा खुशी व्यक्त गर्दै उहाँले भूकम्पपछिको पुनःनिर्माणमानेपाल सरकारले लिएको नीति, योजना कार्यान्वयन ढाँचा भावी पुस्ता बाह्य जगत्का निम्ति प्रेरक बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago