परिवर्तन महलमा आइपुग्यो ।

लक्ष्मण चौलागाईं (विद्रोही) , समय पनि कति कर्मशिल!! वर्षादमा धर्ती भिजाउछ,जाडोमा हामिलाइ कांडा उमार्छ अनि गर्मिमा शरिरबाट नै पसिनाको मुल फुटाइदिन्छ।समय क्रमसंगै ठिक ऋतुमा ठिक काम गर्दछ।तर हामी समय अनुसार चल्दैनौं अनि दुख,कष्टहरु हाजिर हुन्छन् ।समय संगै बदलिन्छ जिन्दगी अनि भोगाई संगै मोड अदलबदल आफै गर्दछ जिन्दगी।तर सत्यको विपक्षमा कहिले पनि नचुकोस जिन्दगी।अन्याय र अत्याचारको पक्ष लिदै कहिले पनि नझुकोस जिन्दगी।

सायद,यो स्वभाव आजको युगपरस्त सान्दर्भिक र समयसापेक्ष नहोला । अहिले कालोलाई जबर्जस्त सेतो बनाउनेहरुको बोलवाला हावी भएको छ भने कालोलाई कालो भन्नेहरु विरोधी जस्तो देखिन थालेका छन। यसैले कहिले पनि कोहि कसैको गुलाम नहोस जिन्दगी । मेरो मात्रै हैन सम्पूर्ण आदरणीय सत्मनहरुको !  आज समय नबदलिएको हैन पक्कै बदलिएको छ।पुरानो संविधान छैन नया संविधान आएकै छ।ठुलालाई चैन खारेज भएको छैन सानालाई ऐन थपिदैछ। गणतन्त्र ल्याउने चिसो खोरमा तर जनयुद्ध लडाउने सुन्दर र भव्य महलमा यहाँ यस्तै भएको छ। महल निवासी विलासेलाई सक्कली गणतन्त्र आइसकेको छ ।जस्तो कि हिजो पूर्व राजा ज्ञानेन्द्रलाई समाजवाद नारायणहिटी राजदरवारमा नै पुगिसकेको जस्तै आज प्रचण्ड ओलीहरुलाई सक्कली गणतन्त्र र समाजवाद निवासमा नै धाइसकेको छ। तर ती झुपडीहरुमा आज पनि सहिद,घाइते र बेपत्ताको परिवार त्यही आँसु र त्यही रगतको सम्झनामा विक्षिप्त हुनु परिरहेको मर्माहत विडम्बना जिवितै छ।सिंहदरबार नाम मात्रैको   सिंहदरबार भएर काठमाडौंमा ठिंग उभिएको  छ ।  

सेतो सिंहदरबार भित्र दरिद्रता सवार भइ लमक–लमक लम्केको छ।

दुखी,गरिब,निमुखा अनि दिनहिनहरुको अकल्पनीय दुर्दिन आइसकेको छ।।

लूट ,झुट,षड्यन्त्र ,अपराध र भ्रष्टाचार त कतिकति सिंहदरबार स्वयं लज्जित भएको छ।गरिबको चुल्होमा आगो निभ्दै गर्दा बालापोथरीको पेट्मा दावा लागिसकेको छ।

हुनेखाने र धनाढ्यहरुको लागि महामारी या महाविपत्ती होलिडेको उपमा बन्दै गरेको छ।

संसार भरी महामारी कोरोना कहर तर नेपालमा यो पुरानो भैसकेको छ एक महिना मात्रै हैन कोविड नाइन्टिन यहाको सेतो सिंहदरबार स्वयम् कालो कोरोनाको पर्याय भैसकेको छ !!विडम्बना आज मुलुकमा समवेदनाका व्यापारी/ श्रद्धाञ्जलीका पसलेहरु बढ्दै छन र यस्तो मार्केट चल्दै छ जो कि  फोहोरी राजनितीमा लत्पतिएर लासको राजनिती गर्दैछन। निजि स्वार्थले लगपगाएर आमाको अस्मिता बेच्नेहरु  कतिन्जेल लाग्छौ मरिमेटेर सगरमाथाको चुचुरोलाई छप्काउन र  कहिलेसम्म हाहाकार गर्छौ एउटा गद्दारीको उपमालाई भगवान बनाउन?हेर त ती मुन्टो निमोठिएर ,घाँटी छ्वाट्टै छिनालेर काख रित्तिएका आमाहरूलाई ……हेर न ती भाला रोपेर तड्पाई तड्पाई मारिएका झुपडीका श्यामे र कालेका बाबुहरुलाई ।आज तिमिहरुलाई  तिनिहरुकै फोटो छाप्दै उत्सव मनाइरहन मन लागिरहेको छ।अनि तिमिहरुको नक्कली  अलाप देख्दा कति दया लाग्छ त्यसैले त यहाँ  बुद्धको देश शान्तिको अभावमा छट्पटीएको सुन्दैन तिम्रा कानहरुले। थुप्रै थुप्रै जघन्य अपराधलाई तिमिहरुले गर्ने रगताम्य सलाम अनि तिनै न्यायमृत सहिदहरुलाई तिमिहरुले फोटो टास्दै गरेको नक्कली प्रचारले ।आज सहिदको परिवार झोक्राएको छ ।घाइतेको परिवार उदास भएको छ।

आज सगरमाथा अन्धकार भएको छ।

आज धर्ती थर थर कापिरहेकि छन।

कति फोहोर है तिम्रो राजनिती ,

कति नांगो तिम्रो छद्मभेष……….

कुर्सी ,शक्ति र पावरको लागि घाँघरसम्म नलगाई नांगै उभिएकी रमिता तिनै नाम बिर्सिसकेका तिनै दुरुपयोग गरिएका भुन्टी काकिको छोरीको फोटो छाप्दै घुक्क घुक्क वीरताको कथा लेख्दै छिन।तर पीडा ले हैन ,दुखी भएर हैन उनको कुनै निजि  स्वार्थ दुई दिनमा पूरा गर्ने अभिष्टता अनि अर्को भुन्टे लेख्छ त्यही गद्दारी हो यो देशको सगरमाथा भन्दा ठूलो हामी र हाम्रो गौरवशाली प्रणेता। धन्ने हो !  तिमिहरुको नांगो र उदांगो निच र बिकाउ कपुत छद्मभेष ।  कविताले भन्न खोज्छ समवेदनाका व्यापारी….श्रद्धाञ्जलीका पसले लासका राजनितिमा मार्केटिङ गर्दै हुन्छिन अर्कि  निर्वस्त्र चाउरे कान्छाकी नातिनी ।  

छि: छि नबेच अब कुनै गरिबको मृत छोरीको फोटो !नबेच अब मैना सुनुवारहरुको अस्थिपन्जरको बाक्सा !तिमिहरु जस्ता  भरियाहरुले नाम लिदा रुन्छ रे हो रुन्छ रे

टिचिङ अस्पताल भित्र बाक्समा बन्द मैनाका अस्थिपन्जरहरु !

कैलालीमा मारिएकी माया विक र कंचनपुरमा मारिएकी  निर्मला पन्तका आँसुले खन्दै छ रे है खन्दै छ रे

अनि ढल्दैछ रे है चाउरेकी नातिनी विलासिताको महलको पर्खाल !

नबेच ती नाम लिलाम गरिएका ,अस्मिता चुँडिएका, अवोध बालबालिकाका मृत फोटा,खबरदार ! मंगलेहरु हो…तिमीहरुलाई अधिकार छैन है ?जिउदै सहिदको कू गर्ने तिमिहरुको विकाउ र घटिया  मानसिकता बन्द गर लासको बजार अनि लक डाउन गर श्यामे दाइको छोरीको बलिदानको उपहास।

 

 

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago