काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल भ्रमणमा आउने तयारी भएको छ ।
नोभेम्बर अन्तिममा उहाँले केही घण्टाका लागि नेपाल आउने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
भ्रमणको क्रममा विदेशमन्त्री यी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुसँग भेटवार्ता गर्नुहुनेछ ।
यसअघि सन् २०१४ र २०१९ मा पनि वाङ यीले नेपाल भ्रमण गर्नुभएको थियो । दक्षिणी छिमेकी भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलापनि नोभेम्बर अन्तिम साता नै नेपाल भ्रमणमा आउने बताइएको छ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएका बेला चिनियाँ विदेशमन्त्री आउन लागेको विषयले धेरैको ध्यान खिचेकोछ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…