फोटो फाईल
चितवन। जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरैभएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सवारी दुर्घटनामा परी ३० जनाको मृत्युभएको छ । तीमध्ये १० जना कात्तिक महिनामा मात्रै भएका हुन् । कात्तिकमा दशैँ र मङ्सिर १ गते तिहार परेको थियो । साउनमा आठ, भदौमा तीन र असोजमा नौ जनाको मृत्यु भएको छ ।
चार महिनाको अवधिमा दुर्घटनाबाट ८६ गम्भीर र ११२ जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा पुरूष २५, महिला दुई, बालक एक रबालिका दुई रहेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार पहिलो चौमासिकमा १२१वटा दुर्घटना भएका थिए । तीमध्ये १८३ सवारी संलग्न छन् । गत आव २०७६÷७७ को पहिलो चौमासिकमा सवारी दुर्घटनाबाट ४५जनाको मृत्यु भएको थियो ।
सवारी दुर्घटनाको मुख्य कारण तीव्रगति रहेको भट्टले बताउनुभयो । उहाँका अनुसार चालकको लापरवाही, उछिन्दा (ओभरटेक), यात्रुकोगल्ती, खराब सडक र यान्त्रिक गड्बडीका कारण दुर्घटना हुने गरेका छन् ।
मतदानद्वारा वडा कार्यालयको टुङ्गो
इच्छाकामना गाउँपालिका–३ को वडा कार्यालय मतदान गरी टुङ्गो लगाइएको छ । विशेष गाउँसभाले बिहीबार वडा कार्यालयको टुङ्गोलगाएको हो । गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत सुकदेव लम्सालका अनुसार वडा कार्यालय फिस्लिङ र चुम्लिङटार कहाँ राख्नेभन्ने विषयमा विवाद रहेको थियो । विशेष गाउँसभामा गरिएको मतदानमा चुम्लिङटारको पक्षमा १८ मत र फिस्लिङका पक्षमा १५ मतपरेको थियो । यससँगै वडा कार्यालय चुम्लिङटारमा रहने भएको छ ।
लम्सालका अनुसार सभामा हाल ३५ सदस्य कायम छन् । गाउँपालिकामा सात वडा छन् । यसअघिका गाउँसभामा बहुमत सदस्यनपुगेपछि वडा कार्यालय तय हुनसकेको थिएन । गत साउनमा फिस्लिङमा अस्थायी कार्यालय राखेपछि चुम्लिङटारका बासिन्दालेकार्यालयमा तालाबन्दी गरेका थिए । एक महिनाभित्र विशेष सभामार्फत टुङ्गो लगाउने सहमतिमा ताला खोलिएको थियो ।
सभाले स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन विधयेकसमेत पारित गरेको उहाँले जानकारी दिनुभयो । जिल्लामा रहेकासात स्थानीय तहमध्ये इच्छाकामना एक मात्रै गाउँपालिका हो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…