फाइल तस्वीर
काठमाडौं । पटक–पटक आह्वान हुँदै र स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज फेरि बोलाइएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित हुने छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।
एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटक पटक आह्वान गर्ने र अन्तिम समयमा स्थगित गर्ने गरिएको छ । पछिल्लो पटक ३२ असारमा बोलाइएको बैठक पनि निर्धारित समयभन्दा एक घण्टा अगाडि स्थगित गरिएको थियो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…