राष्ट्रपतिद्वारा औषधि (तेस्रो संशोधन) अध्यादेश जारी

२०७७, ३ मंसिर बुधबार १०:४२

काठमाडौं ,मंसिर ३ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

फाइल फोटो

राष्ट्रपति कार्यालयका प्रवक्ता केशव प्रसाद घिमिरेले बुधबार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बममोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेको उल्लेख गरिएको छ ।

Comments

ताजा खबर