तिनाउमा पक्की पुल निर्माण कार्य सम्पन्न

पाल्पा -तिनाउ गाउँपालिका भित्रकाे विभिन्न स्थानमा निर्माण भैरहेको पक्की पुल निर्माण सम्पन्न भएका छन । दाेभान चाैकी देखि गाउँपालिका भवन बीचमा पर्ने झुम्सा खाेलामा बन्दै गरेको करिब ८ कराेड लागतको पक्की पुल संचालनमा अाएकाे छ । त्यस्तै गाउँपालिका भवन हुदै नुवाकोट जाने बाटाेमा पर्ने कचल खाेलामा निर्माण भैरहेको ८ कराेड लागतकाे पक्की पुल पनि संचालनमा अाएकाे छ । अब सिद्वबाबामा बाटाे बन्द भएमा दाेभानबाट नुवाकोट हुँदै बेलबास जाने बाटोबाट बुटवल जान सकिन्छ ।

त्यस्तै गरि रानीबगीमा झिगाँमारा हुदै कचल जाने बाटोमा पर्ने कचल खाेलाकाे झुसिलेघाटमा निर्माण भैरहेको ८ कराेड लगानीकाे पक्की पुल सम्पन्न हुने चरणमा पुगेको छ । चरचरेबाट काेलडाँडा,बिस्कुनडाडा जानेबाटाेमा पर्ने पक्की पुल पनि यसै अा वमा सम्पन्न हुने छ । झुम्साबाट सत्यवती जाने बाटाेमा पर्ने गाेखदी घाटमा यसै बर्षबाट पक्की पुल निर्माण शुरू हुने छ । साथै डुम्रे, कुसुमखाेला माेटरबाटाेमा पर्ने डुम्रे पानी मिल र चकल्दी कुसुमखाेला घाटमा यसै बर्ष पक्की पुल निर्माण हुनेछ ।

झुम्साबाट चाैकी भञ्ज्याङ जानेबाटाेमा १,१ कराेड लगाएतका ३ वटा कल्भर्ट निर्माण हुदैछ । दाेभान कचल माेटरबाटाेमा पर्ने कुर्मान खाेलामा यसै बर्ष प्रदेश सरकारबाट पक्की पुल सबै निर्माण हुदैछ । त्यसैले तिनाउका नागरिकहरूलाई खाेलाहरूमा माेटर बाटाे सहज हुदैछ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago