रहेनन् राष्ट्र कवि माधवप्रसाद घिमिरे
२०७७, २ भाद्र मंगलवार १९:०१
राष्ट्र कवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ करिब ६ बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी केही दिनयता घरमै उपचार गरिरहेका थिए ।राष्ट्रकवि घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो।