मेचीनगरका ४८ मध्ये ४६ संक्रमित घर फर्कीए

विर्तामोड जी आर धिताल – मेचीनगरमा आज थप ८ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भई घर फर्कीएका छन् ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र आइसोलेशन केन्द्र गोठगाउँ मोरङबाट आज थप ८ जना डिस्चार्ज भई घर फर्कदै गरेको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले रेडियो साथीलाई जानकारी दिनु भयो ।

आज ८ जना अस्पतालबाट डिस्चार्ज भएसंगै मेचीनगरमा संक्रमण मुक्त भई घर फर्कनेको संख्या ४६ पुगेको छ । अब मेचीनगरका २ संक्रमित मात्र अस्पतालमा उपचाररत रहनु भएको छ ।

जेठ २६ गते पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको मेचीनगरमा असार १० गते एकैदिन १० जनामा कोरोना संक्रमण देखिएको थियो ।

असार १९ गते सबैभन्दा बढी १४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा नगरमा कोरोना संक्रमितको संख्या ४१ पुगेको थियो ।

त्यस्तै हिजो बिहीबार मेचीनगर वडा नं ४ की एक महिलामा थप संक्रमण देखिदा मेचीनगरमा कुल कोरोना संक्रमितको संख्या ४८ पुगेको थियो ।

मेचीनगरमा पछिल्लो समयमा बिभिन्न बिद्यालयका क्वारेन्टाइन, सामुदायिक भवनका क्वारेन्टाइन र होम क्वारेन्टाइन एवं होटल क्वारेन्टाइन समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

गत मंगलबार एकैदिन ११ जना र आज बिहीबार थप ८ जना संक्रमित घर फर्कदा मेचीनगरमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४६ पुगेको हो । अब २ संक्रमित मात्र घर फर्कन बाँकी छ ।

यद्यपी मेचीनगरमा दैनिक जसो स्वाब संकलन गर्ने कार्य जारी रहेको छ । आज मात्र थप ७९ जनाको स्वाब संकलन गरिंदा हिजो बुधबार ८४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको समिति संयोजक बरालले बताउनु भयो ।

मेचीनगरमा आज सम्मको तथ्यांक हेर्दा २ सय बढीको पीसीआर नतिजा आउन बाँकी रहेको छ ।

 

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago