नेपाल-भारत संयुक्त समिति बैठक बोलाउने निर्देशन,डुबानबारे छलफल हुने

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भारतले सीमावर्ती क्षेत्रमा निर्माण गरेका बाँधले हुने नेपाली भूमिको डुबानबारे दुई देशको संयुक्त समितिमा छलफल गर्न निर्देशन दिएका छन् ।

शुक्रबार मन्त्री पुनले मन्त्रालयका अधिकारीहरूलाई नेपाली भूमि डुबानबारे ’बाढी तथा डुबान व्यवस्थापन सम्बन्धी नेपाल-भारत संयुक्त समिति (जेसीआइएफएम)’ को बैठक बोलाएर छलफल गर्न निर्देशन दिएका हुन् ।

बैठकमा उनले दुई देशबीचको संयुक्त संयन्त्रको बैठक बोलाउन पहल थाल्न भनेका हुन् । मन्त्री पुनले बैठकमा भने, ’बाढी र डुबानका कारण तराई क्षेत्रमा समस्या बढेको छ । समस्या समाधानका लागि तत्काल भारतीय पक्षसँग सम्पर्क गरेर जेसीआइएफएमको बैठक बोलाएर छलफल गर्नुपर्छ ।’

दुवै देशका सहसचिव रहने समितिको नेतृत्व नेपालका तर्फबाट सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्ने मन्त्रालयले जनाएको छ । नियमित कार्यतालिकाअनुसार जेसीआइएफएमको बैठक हरेक वर्ष नोभेम्बर महिनामा बस्ने गरेको सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रथान श्रेष्ठले जानकारी दिएका थिए । भारतीय पक्षसँग अनौपचारिक तहमा भने समस्या समाधानबारे कुराकानी भइरहेको जानकारी दिएका थिए ।

यसअघि गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा भारतीय बाँधका कारण नेपालमा बर्सेनि डुबान भइरहेको बताएका थिए । संसदीय समिति बैठकमा उनले त्यसको समाधानका लागि भारतसँग छलफल गर्नुपर्ने बताएका थिए ।

भारतले नेपालसँगको सीमामा समानान्तर हुनेगरी सडक लगायतका संरचना निर्माण गर्दा तराईका अधिकांश जिल्ला डुबानमा पर्ने गरेका छन् ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago