डुम्रेमा पहिरो सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक अबरुद्ध, एउटा ट्रक पुरियो

पाल्पा । पटकपटक खुल्दै बन्दहुँदै आएको सिद्धार्थ राजमार्ग शनिबार पनि अबरुद्ध भएको छ । तानसेन-बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर रुपमा पहिरो खस्दा शुक्रबार रातीदेखि सडक अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका कार्यालय प्रमुख पृथ्वीनारायण काफ्लेका अनुसार शनिबार राती १२ बजे पछि गएको पहिरो खसेकाे थियो। उनका अनुसार साे स्थानमा बुटवल बाट पाल्पा तर्फ आउँदै गरेको एक ट्रक पुरिएको छ । पहिरो खसेको देखेपछी पहिरो बाट बच्नका लागी ब्याक गर्ने क्रममा नालीमा फसेको लु १ क ११७५ नम्बरकाे ट्रक पहिरोले पुरिएको अवस्थामा रहेको छ ।

माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खसेकाले डोजर लगाउन सडक सुचार गर्न केही समय लाग्ने ट्राफिक प्रमुख काफ्लेले बताए । पहिराे खस्ने क्रम नराेकिएकाेले जोखिम भने कायमै रहेको छ जसले गर्दा बाटोबाट पहिरो हटाउन समस्या भएको छ उनले भने । पहिरोका कारण सवारीसाधन बाटोमा अलपत्र अवस्थामा रहेका छन ।

निरन्तर रुपमा पहिरो खस्ने क्रम भैरहेको हुँदा यहाँको यात्रा जोखिमपूर्ण रहेको छ । पानी पर्नासाथ फेरि खस्ने जोखिम कायमै छ । यो बाटोमा यात्रा गर्ने यात्रुलाई बाटोको बारेमा जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको आग्रह रहेको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago