Categories: समाचार

साबुनले भाइरस कसरी नष्ट गर्छ ?

साबुनले भाइरस कसरी नष्ट गर्छ ?

कोरोनाभाइरस मात्र होइन, सबै भाइरसहरु तीन चीजको समिश्रणबाट बनेको हुन्छ : न्यूक्लेइक एसिड – जसमा भाइरसको आफ्नो ‘सन्तान उत्पादन’ गर्नका लागि आवश्यक कोड निहित आणुवंशिक पदार्थ डिएनए वा आरएनए हुन्छ; न्यूक्लेइक एसिडको सुरक्षाको लागि अवश्यक प्रोटिनबाट बनेको रक्षात्मक कवच; र प्रोटिनको कवचलाई बाहिरबाट ढाक्ने आवरण लिपिड मेम्ब्रेन (झिल्ली) । लिपिड मेम्ब्रेन भने कुनैकुनै भाइरसहरुमा मात्र पाइन्छ, जस्तै इन्फ्ल्युएन्जा भाइरस र अहिले महामारी फैलाइरहेको कोरोनाभाइरस । र, यो लिपिड मेम्ब्रेनका अणुहरुमा पनि साबुनका अणुहरु जस्तै ध्रुवीय र गैरध्रुवीय भागहरु हुन्छन् । ती अणुहरु एकअर्कासित टाँसिएर झिल्ली बनेको हुन्छ । भाइरसको भित्री पदार्थहरुलाई सुरक्षा दिने यो झिल्ली दुई तहको हुन्छ । अणुका गैरध्रुवीय पुच्छरहरु एकआपसमा टाँस्सिएर दुई तहका ध्रुवीय टाउकोहरुको बीचमा रहन्छन् । यसरी टाँस्सिएर रहेका अणुहरु सबै गैर–कोभालेन्ट बन्धनमा बाँधिएका हुन्छन् । त्यसैले भाइरसको लिपिड मेम्ब्रेनका अणुहरुबीच हुने बन्धन कमजोर हुन्छ । वास्तवमा लिपिड मेम्ब्रेनको यही कमजोरीमाथि साबुनले फाइदा उठाउने हो ।

हामीले साबुन–पानीले हात धुँदा साबुनका अणुहरुको ध्रुवीय पुच्छर भाइरसको लिपिड मेम्ब्रेनका अणुहरुमा रहेको गैरध्रुवीय तहसित टाँस्सिन खोज्छन् । तर ध्रुवीय तह बाहिर हुने भएकोले साबुनका अणुहरु बाहिरी तहलाई छेडेर भित्र पस्छ । तर, साबुनका अणुहरुको टाउको भने पानीतर्फ आकर्षित हुने भएर त्यहाँ तानातानको स्थिति पैदा हुन्छ । यही तानातानको स्थितिका कारण कमजोर बन्धनमा बाँधिएर रहको भाइरसको लिपिड मेम्ब्रेन तहसनहस हुन्छ र भाइरस नष्ट हुन्छ । तर, विज्ञहरुका अनुसार यी सबै प्रक्रिया पूरा हुन कम्तिमा बीस सेकेण्ड लाग्छ । त्यही भएर साबुन–पानीले हात धुँदा कम्तिमा बीस सेकेण्ड साबुनको फिँज हातका सबै कुनाकाप्चामा पुग्ने गरी मोल्नुपर्छ ।

साबुन–पानीले हातमा भएका सम्पूर्ण भाइरसहरु नष्ट हुन्छन् नै भन्ने छैन । तर यस्तो अवस्थामा पनि साबुनका अणुहरुले चिल्लो पदार्थलाई घेरेर माइसेल बनाएजस्तै भाइरसलाई घेरेर पनि माइसेल बनाउँछ, जसकारण भाइरस र हाम्रो हातको सतहबीचको पकड तुहिन्छ । अनि हामीले हात पानीले पखाल्दा नष्ट नभएका भाइरसहरु पनि पखालिएर जान्छन् ।

साबुन–पानीको तुलनामा सानिटाइजर कति प्रभावकारी?

सानिटाइजरले पनि आधारभूत रुपमा साबुन–पानीले जसरी नै काम गर्ने हो । सानिटाइजरमा रहेको अल्कोहोलले पनि साबुन–पानीले जस्तै भाइरसको बाहिरी आवरण लिपिड मेम्ब्रेनलाई नै नष्ट गर्ने हो । तर, साबुन–पानीको तुलनामा सानिटाइजरका दुई कमजोरी छन् । पहिलो, सानिटाइजर चाँडै सुक्ने भएकोले पर्याप्त मात्रामा प्रयोग गरिएन भने एक त भाइरसको लिपिड मेम्ब्रेन नष्ट गर्नको लागि समय पर्याप्त हुँदैन, अर्को हातका सबै कुनाकाप्चामा सानिटाइजर पुग्ने सम्भावना कम हुन्छ । दोस्रो, सानिटाइजर प्रयोग गर्दा हामीले हात पानीले पखाल्दैनौँ । त्यही भएर नष्ट नभएका भाइरस हातमै टाँसिएर रहेका हुन्छन् । त्यसैले साबुन–पानी नभएको स्थितिमा सानिटाइजर प्रयोग गर्न सकिने भए पनि साबुन–पानी उपलब्ध भएको स्थितिमा भने साबुन–पानी नै प्रयोग गर्न विज्ञहरु सुझाउँछन् ।

Comments
Kamal Panthi

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago