कावासोती २ मा लकडाउनमा कडाइ,उल्लंघन गरे कारबाही गरिने अध्यक्ष पौडेलको भनाई ।

नारायण प्रभु , बैशाख ५ नवलपुर , कोरोना भाइरसको संक्रमणले बिश्व आक्रान्त भैरहेका बेला नवलपुरका स्थानीय तहहरुले पनि लकडाउनमा कडाइ गर्न शुरु गरेका छन।

स्थानीय युवाहरूको  सक्रियतामा कावासोतीका सबैजसो वडाहरु शिल गरिसकिएको भएतापनि वडा नं. २ मा चहलपहल बढी हुन थाले पछि आजदेखि यस वडामा पनि लकडाउनमा कडाइ गरिएको अध्यक्ष लक्ष्मी प्रसाद पौडेलले जानकारी गराउनु भयो। पुर्व पश्चिम राजमार्गको उत्तरतर्फ कावासोतीको मुख्यबजार वरिपरि र भित्री सडकहरुमा बिहान र साँझमा मानिसहरुको बाक्लो उपस्तिथि हुने हुँदा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै लकडाउनलाई कडाइ गरिएको अध्यक्ष पौडेलको भनाइ रहेको छ। 

हिजो एक सूचना प्रकाशित गर्दै जिल्ला प्रशासन कार्यालय( ब.सु.पु.) को निर्णय अनुसार नै अत्यावश्यक पर्ने खाद्यान्नका पसलहरु बिहान ७ देखि ९ र साँझमा ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने बताइएको छ।अत्यावश्यक काम बाहेक जो कोहिलाई पनि घर बाहिर ननिस्कन बताइएको छ भने आफ्नो घर वरिपरि कोहि नयाँ व्यक्ति देखिएमा टोलबिकास संस्था वा वडा कार्यालयमा जानकारी गराइ सहयोग गरिदिन पनि सूचनामा जानकारी गराइएको छ।

वडा न. २ मा मानिसहरूको चहलपहल बढ्न थाले पछि वडाध्यक्ष सहितको टोलिले आजै देखि अनुगमनलाई तिब्रता दिइएको छ।बिहानै देखि अनुगमनमा निस्किएको टोलिले वडाका व्यस्त चोकदेखि  हाट बजारमा रहेको तरकारी पसलहरुमा समेत पुगेर भिड व्यबस्थापन गर्न निर्देशन दिएको छ।

बिहान र साँझमा पैदलयात्रा गर्ने मानिसहरूले सडक नै अबरुद्ध गर्न थालेपछी लकडाउनको कुनै अर्थ नरहेको बताउदै सकेसम्म घरभित्रै शारीरिक अभ्यास गरिदिन पनि अध्यक्ष पौडेलले अनुरोध गर्नुभएको छ।यदि वडाको निर्देशन नमानी लकडाउनको उल्लंघन गरेको पाइएमा आवश्यक कारबाही पनि गर्न सकिने उहाँले बताउनुभयो।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago