सन्धिका अढाइ दशकः भारतले बनाएन नहर

नेपालभारत एकीकृत महाकाली सन्धि भएको करीब अढाइ दशक बित्दैछ सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने काम कारबाहीकोअवस्था हेर्ने हो भने कहीँ कतै पनि चित्त बुझाउने ठाउँ नेपाली पक्षसित छैन सन्धिअनुसार टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिकामटेनास्थित नेपालभारत सीमासम्म भारतले बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर हेड रेगुलेटरलगायत संरक्षणका लागि गतकात्तिकमा काम थाल्ने बताए पनि एक वर्ष बितिसक्दा पनि कामले गति पाएको छैन।

उता दोधारा चादँनीलाई शारदा नहरबाट सिँचाइका लागि दिनुपर्ने ३५० क्युसेक पानी दिने विषय अझै आलटाल गर्दै आएको नेपालीपक्षले दोधारा चादँनीको सीमासम्म नहर निर्माण गरी पानी उपलब्ध गराउन डिपिआरसहित आयोजना पेश गर्दा पनि भारतबाट त्यसकोकुनै ठोस जवाफ आएको छैन

फोटो फाईल

टनकपुर ब्यारेजबाट एक हजार २०० मिटर नहर निर्माण गर्न गत वर्ष भारतको टनकपुरस्थितएनएचपिसीले दोस्रो पटक ठेक्का आह्वानगरेको हो यसअघि २०७५ साल साउन पहिलोपटक ठेक्का आह्वान गरिएको थियो पहिलो पटकको ठेक्का प्राविधिक कारण देखाउँदैरद्द गरिएको थियो महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निमित्त निर्देशक इन्जिनीयर मोहनराम टेलरले गत वर्ष भारतले बाह्र सयमिटर नहर निर्माणका लागि ठेक्का दिएर फिल्डमा काम गर्ने सुरसार गरे पनि अघि नबढाएको बताउनुभयो ठेक्का दिएर नहर खन्न घेराहाल्ने क्षेत्र छुट्याउने काम गत वर्ष नै गरेको हो”, इन्जिनीयर टेलरले भन्नुभयो, “काम किन ढिलाइ गरिरहेको , त्यो जानकारी छैन

उहाँले भारतीय पक्षको उदासीनताकै कारण नेपालभारत सीमा क्षेत्रसम्म भारतीयले बनाइदिनुपर्ने नहर अझै ओझेलमा रहेको बताउनुभयोठेक्का भएसँगै काम थालेको भए अहिलेसम्म सकिने बेला हो”, उहाँले भन्नुभयो, “कामलाई प्राथमिकता नदिएको जस्तो देखियो

भारतले मटेनास्थित सीमा क्षेत्रको नहर नबनाई दिँदा सिँचाइ तेस्रो चरणले बनाएको नहरमा पानी बग्ने सम्भावना छैन नेपालतर्फसिँचाइले १३ किलोमिटर मूल नहर निर्माण गरेर थप १५ किलोमिटर मूल नहर निमार्णाधीन अवस्थामा

सन् १९९६ को एकीकृत सन्धिमा यहाँको भीमदत्त नगरपालिका स्थित नेपालको सीमा क्षेत्रमा पर्ने मटेनासम्म एक हजार २०० मिटरलामो मूल नहर निर्माणको काम भारतले गर्नुपर्ने उल्लेख करीब १८ वर्षअघि नेपालभारत जलस्रोत मामिलासम्बन्धी समस्यासमाधान छलफल गरी तार्किक निष्कर्षमा पु¥याउन सक्ने अधिकार प्राप्त संस्था ९जेसिडब्लुआर० को पहिलो बैठक सन् २००० मै नहरनिर्माणको विषयमा कुरो उठेको थियो

हाल निर्माणाधीन १५ किलोमिटर नहरको काम पनि ऐलानी जग्गाको मुआब्जा सामुदायिक वनको रूख कटानको विषय टुङ्गोमानलाग्दा प्रभावित भएको साइफन, पुलपुलेस अन्य संरचना निर्माणको काम भए पनि मुआब्जा रूख कटानको विषय अझैअन्योलमा ”, टेलरले भन्नुभयो, “यो विषयले चाँडै नै समाधान हुनेमा आशावादी छौँ

महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत कैलालीको मालाखेतीसम्म ५१ किलोमिटर मूल नहर आगामी सन् २०२२ सम्म पूरा गरिसक्नेस्वीकृत लक्ष्य रहे पनि नहर निर्माणको काम भने कछुवा गतिमा आयोजना अन्तर्गतको नहर निर्माण भए कैलालीको मालाखेती कञ्चनपुरको गरी क्षेत्रफल गरी ३३ हजार ५२० हेक्टर सिँचाइ हुनेछ पहिलो दोस्रो चरणबाट कञ्चनपुरमा ११ हजार ७०० हेक्टरसिञ्चित भएको

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago