टोकियोमा आज थप २९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै टोकियोमा मात्रै कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ८९३३ पुगेको छ ।
टोकियोमा अहिलेसम्म ६७७१ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ३२६ जनाको मृत्यु भइसकेको छ l
संक्रमण दर पुनः बढेकाले दोस्रो चरणमा संक्रमण फैलिने देखिएकाले सतर्क रहन अधिकारीहरुले बारम्बर अनुरोध गर्दै आइरहेका छन् ।