Categories: समाचार

युवालाई उद्यमशील बनाउन परामर्श

बनेपा। नमोबुद्ध नगर युवा परिषद्ले युवालाई उद्यमशील बनाउन, समाजमा सुशासन पारदर्शीता कायम गर्न नमोबुद्ध नगरपालिकाका युवालाईपरामर्श कार्यक्रम थालिएको दिगो विकासका अवधारणालाई युवामार्फत स्थानीयकरण गर्ने उद्देश्यले युवा परामर्शका कार्यक्रमथालनी गरेको परिषद्ले जनाएको

नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता तथा नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनालको अध्यक्षतामासम्पन्न कार्यक्रममा अभियानको शुरुआत् ११ नंम्बर वडाबाट भएको बताउँनुभयो नगरप्रमुख तिमल्सिनाले नगरपालिकाभित्र युवाकोरोजगारीलाई सहुलियतपूर्ण कर्जा प्रर्वाह सहज बनाउने युवाको क्षमता विकास गर्दै नगरलाई युवामैत्री नगर बनाउने प्रतिबद्धता व्यक्तगर्नुभयो उहाँले युवालाई पारदर्शी सुुशासनको पहरेदार बन्न आग्रह गर्दै युवाको संलग्नतामा मात्रै समृद्ध नगरको सपना सम्भव हुनेबताउनुभयो नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष खनालले परिषद्मार्फत युवालाई परामर्श तथा सशक्तिकरणका साथैउद्यमशीलतामा लाग्न सीपमूलक, आयमूलक तालीम सञ्चालन गर्ने, सहुलियतपूर्ण कर्जा प्रवाह वित्तीय साक्षरतालाई बस्तीबस्तीकायुवा माझ पु¥याउने अभियानको शुरु भएको बताउनुभयो

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले युवालाई सत्मार्गमा लाग्न प्रेरित गर्दै विकासमा पछाडी परेका गाउँ बस्तीबाटयुवाका गतिविधिको शुरु हुनु आफैमा नयाँ काम भएको बताउनुभयो सो क्रममा उहाँले युवाहरुलाई स्थानीय स्रोत साधनकोसम्भाव्यता समेत मध्यनजर गर्दै उद्यमशीलतामा लाग्ने युवाका लागि नगरले विशेष प्राथमिकतासाथ कार्यक्रम सञ्चालन गरिनेबताउनुभयो कार्यक्रममा सहभागी युवाले सहुलियतपूर्ण कर्जा प्रवाहलाई सहज बनाउन तथा युवाको आवश्यकताको आधारमा विभिन्नसीपमूलक तथा आयमूलक तालीमका साथै अनुदानका लागि नगरपालिका तथा नगर युवा परिषद्लाई आग्रह गरेका छन्

यसअघि मङ्सिर २४ गते जिल्लाको नमोबुद्ध नगपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाले युवा लक्षित सहुलियतपूर्ण कर्जा प्रवाहगर्ने विषयमा प्रतिबद्धता जनाएको थियो नमोबुद्ध नगर युवा परिषदको आयोजनामा नगरपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाकाशाखा प्रमुखसँग गरेको अन्तक्र्रिया कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखले कार्यविधि अनुसार सहुलियतपूर्ण कर्जाप्रवाहलाई थप सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago