पाल्पा । निरन्तरको बर्षाले पहिरो खस्दा पाल्पाका अधिकांस सडक अबरुद्ध भएका छन । अबरुद्ध सडक खुलाउने प्रयास जारी रहेको छ । सोमबार दिउँसो देखि पाल्पाको तिनाउँ गाउँपालिका- ०३ दोभान बजार नजिकै पैठेडाडामा पहिरोले सिद्धार्थ राजमार्गको दोभान बुटवल सडक खण्ड अबरुद्ध भएको थियो ।
सडक देखि माथिबाट पहिरो सहित हठुलो ढुङ्गा खसेकाले सड्क पूर्ण रुपमा अवरोध भएकोमा लोडरद्वारा पहिरो हटाउन सम्भव नभएकोले बुटवल ब्रेकर ल्याई ढुङगा फुटाली पहिरो हटाउने कार्य भैरहेको थियो । रातीको समयमा खतरा हुने भएकोले पहिरो हटाउने काम रोकीएको थियो । मंगलबार बिहान देखि पहिरो हटाउने काम भएको भएपनि अहिलेसम्म बाटो खुल्न सकेको छैन ।
पहिरोमा ठुला ठुला ढुङ्गा रहेकाले फुटाल्न समस्या भएको छ बिहान देखिको प्रयास निरन्तर जारी रहेको भन्दै ढुङ्गा फुटाल्न सकेमा साँझसम्म बाटो खुल्न सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिए ।
यस्तै तानसेन न.पा.- ८ डुने पुल नजिकै स्थित सिद्धार्थ राजमार्गमा बाटो माथिबाट पहिरो खस्न जाँदा सड्क पुर्ण रुपमा अवरोध भएको छ । अबरुद्ध सडक खुलाउने प्रयास भैरहेको छ । यस्तै रामपुर नगरपालिका- ४ गिजिनडाडा, जिल्ला पाल्पा निस्दी गा.पा.- ५ बेलडाडा , जिल्ला पाल्पा पुर्बखोला गा.पा.- १ चापगैरा स्थितमा तानसेन – रामपुर पक्कि सडक खण्डमा अबिरल बर्षाको कारणले सड़क माथिबाट पहिरो खस्न जाँदा सड्क पुर्ण रुपमा अवरोध भएको सडक अहिले खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…