पाल्पाली समाजद्वारा उच्च अदालत पोखराका मुख्य न्यायाधीश बस्यालको बिदाई

पोखरा । उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको बिदाइ गरिएको छ । पाल्पाली समाज पोखराले समाजका सदस्यसमेत रहेका मुख्य न्यायाधीश बस्याललाई शनिबार शुभकामनासहित बिदाइ गरेको हो । २०३९ सालदेखि नेपालको न्यायीक क्षेत्रमा निरन्तर आवद्ध बस्याल पोखरामा मुख्य न्यायाधीशबाट निवृत्त हुन लागेका हुन् । उच्च अदालतमा १३ महिना बिताएका उनको कार्यकाल ६३ वर्ष उमेर हदका कारण आइतबार सकिँदैछ ।

p
बिदाइ समारोहमा मुख्य न्यायाधीश बस्यालले जागिरबाट अवकाश भएपनि सामाजिक जीवनमा मानिस अवकाश नहुने भन्दै पाल्पाली समाजको हितमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अख्तियारको मुद्दा हेर्ने हो भने पनि कुनै पनि पाल्पाली भ्रष्टाचार मुद्दामा नलागी इज्जत र सम्मानपूर्वक जीवन बाँचेको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘पोखरा बसाइँक्रममा कुनै पनि पाल्पाली सदस्यहरु यस्तोखालको मुद्दा पर्‍यो भनी आएनन् ।’
मानिसको जीवनमा जग, जीवन र जागिर आफ्नो काबुमा नरहने उनको भनाइ छ । देशको परिस्थितिले न्याय परिषद्को बैठक नबस्दा आफू सर्वोच्चमा न्यायाधीशको निम्ति दोस्रो बरियतामा रहे पनि हुन नसकेको गुनासो गरे । सर्वोच्चमा न्यायाधीशको २ वटा रिक्त दरबन्दी छ । यद्यपि अहिलेसम्मको जागिरेजीवनमा निष्कलंक भएर निवृत्त हुन पाएकोमा आफू खुसी नै रहेको बताए । पाल्पा बराङ्दीका बस्यालले न्याय सेवा सुरु गर्नुअघि ४ वर्ष खाद्य संस्थानमा कार्यरत रहेको सुनाए । उनी २०४० सालमा लमजुङमै पहिलो सरकारी वकिल हुन् ।
कार्यक्रममा मुख्य न्यायाधीश बस्याललाई समाजका अध्यक्ष कुलप्रसाद घिमिरे, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, निवर्तमान अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल, सल्लाहकार जनपुकार मुनकर्मी, डा.हुमप्रसाद न्यौपाने लगायतले संयुक्तरुपमा टीका लगाउँदै पाल्पाली ढाकाटोपी, मायाको चिनो प्रदान गरेका थिए । समाजका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रथम उपाध्यक्ष रेशम रचकले गरेका थिए ।

Comments
bhabindra gautam

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago