चिसोका कारण सिराहामा चार जनाको मृत्यु

२०७७, ३ पुष शुक्रबार ०८:३६

लहान केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिराहामा चार जनाको मृत्यु भएको

चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका११ गदहवानिवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो नाम ठेगाना खुल्न नसकेकाएकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको

गत मङ्सिर २२ देखि मङ्सिर २८ गतेसम्मको अवधिमा ती चारै जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँललेबताउनुभयो

सो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँलेजानकारी दिनुभयो

यसैबीच चिसो प्रभावित सुखीपुर नगरपालिका गोलबजार नगरपालिका१३ का १५० परिवारलाई स्वदेश लघुवित्त संस्था सुखीपुरलेन्यानो कपडा वितरण गरेको

सुखीपुर नगरपालिका अस्पतालचोकका १३० गोलबजार नगरपालिका१३ का २० परिवारलाई चिसोबाट जोगिन न्यानो कपडावितरण गरेको प्रजिअ कणेँलले बताउनुभयो

Comments

ताजा खबर