छिन्चुमा शीतगृह सञ्चालनमा

२०७७, ३० मंसिर मंगलवार ०५:५१

कर्णाली। सुर्खेतको भेरीगङ्गा नगरपालिका१२ छिन्चुमा नारी जागरण बहुउद्देश्यीय कृषक समूहले निर्माण गरेको शीतगृह सञ्चालनमा आएको   कर्णाली प्रदेशकै पहिलो सो शीतगृह दुई सय मेट्रिक टन क्षमताको    चार ब्लकमा रहेको शीतगृहमा प्रतिब्लक ५०/५० टन तरकारीतथा बीउ भण्डारण गर्न सकिनेछ यसको निर्माणमा कृषि विकास निर्देशनालयको रु ७० लाख, भेरीगङ्गा नगरपालिका रु ६५ लाख, साना तथा मझौला आयस्तर वृद्धि परियोजना रु ३९ लाख, नारी जागरण रु २९ लाख, भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय रु १५लाख गुर्भाकोट नगरपालिकाको रु पाँच लाख लगानी रहेको शीतगृहको सञ्चालन तथा व्यवस्थापन भने साना किसान कृषिसहकारी संस्था लिमिटेडले गर्ने जनाइएको

सो कृषक समूहका अध्यक्ष ज्ञानु भुसालले शीतगृह निर्माण भएपछि आलु, तरकारी, फलफूल, बीउबिजन कोहलपुर पुर्याउनुपर्ने बाध्यताहटेको बताउनुभयो किसानको उत्पादन कुहिएर खेर जाने समस्या अन्त्य भएको उहाँको भनाइ शीतगृह सञ्चालनमा आएलगत्तै ६६३बोरा अदुवा राखिएको

Comments

ताजा खबर