पहिलो खेलमा नारायणीको जित

काठमाडौंगौतमबुद्ध कप क्रिकेट अन्तर्गत पहिलो खेलमा टिम नारायणीले  जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा नारायणीले बागमतीलाई सुपर ओभरमा पराजित गरेको हो ।

फाइल फोटो

चितवनस्थित गौतमबुद्ध क्रिकेट मैदानमा बागमतीले जितका लागि दिएको ११८ रनको लक्ष्य नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११७ रन बनाउन सफल भएको थियो । नारायणीका लागि आरिफ शेखले सर्वाधिक ४४ रन बनाएका थिए । त्यस्तै सिद्धार्थ लोहनीले २० रन बनाउँदा इशान पाडले १३ तथा कप्तान सुवास खकुरेलले ११ रन बनाउन सफल भए ।

बलिङतर्फ वागमतीका लागि सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै सागर ढकाल, पवन सर्राफ, बिक्रम सोव, ललित राजवंशी र राशिद खानले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । वागमतीका लागि सुनिल धमला र विक्रम सोबले सर्वाधिक ३७–३७ रनको योगदान गरे । त्यस्तै रासिद खानले २७ रन बनाउँदा अन्य कुनै खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ नारायणीका लागि शाहव आलमले सार्वाधिक तीन विकेट लिए । त्यस्तै दिपेश श्रेष्ठले दुई विकेट लिए । नारायणीका लागि करण केसी, किसोर महत्व र सुशन भारीले समान एक–एक विकेट लिए ।

नारायणी टिमको नेतृत्व पारस खड्काले सम्हालेका छन् भने बागमती टिमको नेतृत्व  ज्ञानेन्द्र मल्लले गरेका छन् ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago