गुह्येश्वरी यात्राको विधि पूरा

२०७७, २६ मंसिर शुक्रबार ०९:०२

काठमाडौँ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्णनवमीदेखि तलेजु भवानीलाई गुह्येश्वरीमा लगी गरिने जात्रा यस पटक कोरोना महामारीका बीच विधि पूरागरिएको   यही मङ्सिर २४ गते हनुमानढोका दरबारबाट तलेजु भवानीलाई जमलकमलपोखरीकालोपुल हुँदै गुह्येश्वरी लगीपशुपति क्षेत्रका विभिन्न स्थानमा जात्रा गरिएको थियो पशुपतिनाथ मन्दिर रहे पनि जात्राको विधि पूरा गर्न बिहीबार खोलेर तलेजु गुह्येश्वरीको रथ घुमाइएको गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गीले राससलाई जानकारी दिनुभयो

  मार्गशीर्ष कृष्णनवमीका दिन बिहीबार पशुपति क्षेत्रका विभिन्न स्थानमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएरसीमित व्यक्तिका बीच पशुपति क्षेत्रमा जात्रा गरिएको हो जात्रा सम्पन्न गरी आज तलेजु भवानीलाई पुरानै मार्गबाट हनुमानढोकादरबार फर्काइएको उहाँले बताउनुभयो यससँगै यस वर्षको जात्रा सम्पन्न भएको समितिले जनाएको

  जात्रा सकिएका अवसरमा मार्ग शीर्ष कृष्ण एकादशीका दिन आज गुह्येश्वरीमा जम्मा हुने भक्तजनलाई प्रसाद वितरण गर्नेगरिएकामा यस वर्ष मन्दिर बन्द रहेकाले पछि वितरण गरिने जनाइएको आगामी पुस गतेदेखि पशुपतिसँगै गुह्येश्वरी मन्दिर पनिखुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषको गुह्येश्वरी मन्दिर पनि गत वर्ष चैत ११ गतेदेखि कोरोनाबाट बच्न जारी बन्दाबन्दीसँगैबन्द गरिएको यसक्रममा नित्य पूजा, आश्विनशुक्ल पक्षको नवरात्रमा गरिने पर्व पूजा भने विगत वर्षझैँ सम्पन्न गरिएको जनाइएको दुर्गा पक्षका बेला पनि विश्वमै महत्त्वपूर्ण शक्तिपीठका रुपमा मानिने गुह्येश्वरी भक्तजनका लागि भने खुला गरिएन

Comments

ताजा खबर