‘डान्सिङ विथ दि स्टार्स’बाट ज्योती मगर बाहिरिइन्

२०७७, २१ मंसिर आईतवार ०६:४६

काठमाडौं, मंसिर २१ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट गायिका ज्योती मगर बाहिरिएकी छिन् । दर्शकमाझ हट गायिकाको रुपमा चिनिएकी उनी हिमालय टेलिभिजनबाट प्रशारण भैरहेको लोकप्रिय शोको सेमिफाइनलको नजिक पुगेर बाहिरिएकी हुन् ।

फाइल फोटो

अन्तिम पाँच सम्म आइपुगेकी ज्योतीले यो शोमा विभिन्न शैलीका नृत्य प्रस्तुत गरेकी थिइन् । ज्योती मगर बाहिरिएपछि अब यो शोको सेमिफाइनलमा ४ टिम पुगेका छन् । सुमी मोक्तान, वुद्ध लामा, उमेश राई र प्रियना आचार्य शोको अन्तिम ४ मा पुगेका छन् ।

उक्त शोमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई निर्णायकको रुपमा रहेका छन् । हिमालय टेलिभिनजबाट प्रशारण हुँदै आएको यो शोलाई दर्शकले उल्लेख्य साथ दिइरहेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु