प्रशासनको अनुरोध राजावादीले मानेनन्

२०७७, २० मंसिर शनिबार १२:२२

काठमाडौँ जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुरोधलाई बेवास्ता गर्दै राजवादीहरुले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले राजधानीको माइतीघरमा प्रदर्शन गरेका हुन्

फोटो फाईल

प्रदर्शनमा सहभागीहरुलेगणतन्त्र धोका हो, संघीयता खारेज गरौँ, हिन्दु राष्ट्र कामय गर,  मेचीकाली के भन्छ नागरिक सरकार ल्याउभन्छ, एमसीसी खारेज गरौँ जस्ता नारा लगाएका थिए  

माइतीघरमा भेला भएका राजवादीहरुको जुलुस नयाँ वानेश्वरसम्म पुगेको थियो भने सो क्रममा ठूला संख्यामा सुरक्षाकर्मी परिचलनगरिएको थियो  

केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कोरोनाको संक्रमण फैलिनसक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शन जस्ता गतिविधिनगर्न अनुरोध गरेको थियो

प्रदर्शनकारीहरुले सो आग्रहलाई बेवास्ता गरेनन् कुनै सामाजिक दुरी समेत अपनाएनन् राजावादीहरुले पछिल्लो समयकाठमाडौँसहित देशभर प्रदर्शन गर्दै आएका छन्

Comments

ताजा खबर