Categories: समाज

गलकोट समाज जापानको बधाई तथा शुभकामना कार्यक्रम ।

जापान । हालै मात्र सम्पन्न गलकोट समाज, जापानको छैठौं अधिवेशनबाट चयन भएका पदाधिकारीहरुको लाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको छ। जापानको नागोया शहरमा नागोमामा उपलब्ध पदाधिकारीहरु लाई गलकोट समाज क्षेत्रिय समिति, नागोयाले कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा गलकोट समाज , जापानका अध्यक्ष यम खत्रीले सबैको सामुहिक प्रयासबाट मात्र समाजलाई अगाडी वढाउन सहज हुने बताउँदै सामाजिक काममा तछाड – मछाड गर्न नपर्ने बताए। आफुले सबै संग हातेमालो गर्दै सामाजिक कार्यमा गलकोट समाज , जापानलाई अग्रस्थानमा पुर्याउने उनको धारणा छ। कार्यक्रम गलकोट क्षेत्रिय समाज, नागोयाका अध्यक्ष रामवहादुर थापा को अध्यक्षता सम्पन्न भएको थियो ।औपचारिक कार्यक्रम नागोया क्षेत्रिय समितिका सविव राम खत्रीले सञ्चालन गरेका थिए भने कार्यक्रममा आगन्तुकहरुलाई क्षेत्रिय उपाध्यक्ष किसानलाल उप्रेतिले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा गलकोट समाजका सल्लाहकार नरवहादुर थापा, धनवहादुर खत्री , गलकोट समाज , जापानमा कृयाशिल एवं नागोयाका व्यवशायीहरु रमेश गौतम, युवराज गौतम लगायतले नव गठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago