तानसेन । कोरोनाको कहरले जात्रा पर्व गर्न रोक लागएको बेला पाल्पाको भगवती जात्रा मन्दिर परिसरमै गरेर परम्परालाई जोगाइएको छ । वि.स.१८७१ देखी १८७२ सम्मको अंग्रेजसंगको युद्धमा नेपाली सेनाले जितगढी क्षेत्रमा विजय प्राप्त गरेको सम्झना स्वरुप वि.स. १८७६ देखी भगवती रथजात्राको रुपमा विजयउत्सव मनाउन थालिएको हो । विरता, राष्ट्रियता र देशभक्तिसंग जोडिएको दुई सय दुई औ भगवतीजात्रा मन्दिर परिसरमै मनाईएको हो । राष्ट्रिय महत्व बोकेको जात्रा भएकाले प्रदेश नं. ५ सरकारले पाल्पामा आज सार्वजनिक विदा दिएको छ । दिउँसो १२ बजेको साइतमा भगवती मन्दिर वरिपरी रथलाई घुमाईएको थियोे । व्यबस्थापन समिती, पुजारी, नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरीको सहभागिता रहेको थियो । भगवतीको रथलाई ३ पटक मन्दिरको परिक्रमा गराई सलामी दिइएको छ । तत्कालीन कर्णेल उजिरसिंह थापाको कमाण्डमा नेपाली सेनाले जितगढी नुवाकोट युद्धमा विजय प्राप्त गरेको थियो । लडाईमा जानु अघि कर्णेल सिंहले युद्ध जितेमा भव्यताका साथ भगवतीको सिंजुरजात्रा गर्ने भाकल अनुसार प्रत्येक भाद्र कृष्णपक्षको नवमी दिन विजयउत्सव मनाउने परम्परा रहदै आएको हो ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago