रम्भा गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ बितरण ।

२०७७, २४ कार्तिक सोमबार १२:५८

सन्तोष गहतराज , पाल्पा । पाल्पा जिल्लाको रम्भा गाउँपालिकाले कृषकहरुलाई अनुदानमा उन्नत जातको आलुको बिउ वितरण गरेको छ । २९ हजार ५०० किलोग्राम आलुको बिउ वितरण गरिएको हो ।

पालिकाले आलुमा आत्म निर्भर हुनको लागि यस वर्ष १८ लाख रुपिया भन्दा बढीको आलुको बिउ खरिद गरि कृषकलाई ५०% अनुदानमा वितरण गरेको हो । गाउँपालिकाले प्रति किलो ६१ रुपियामा खरिद गरि साढे तीस रुपियामा किसानलाई वितरण गरेको हो ।गाउँपालिकाले गठन गरेको बिउ बिजन खरिद तथा वितरण समिति मार्फत पाँच वटै वडा कार्यालयबाट बिउ वितरण गरिएको समितिका सदस्य एवम रम्भा गाउँपालिका प्रशासन शाखा प्रमुख भक्तुजङ्ग रानाले बताए ।

यस वर्ष रम्भा गाउँपालिकाको वडा नं. १ हुँगीमा ११००० केजी, वडा नं. २ फोक्सिङ्गकोटमा ४५०० केजी तथा वडा नं. ३ पिपलडाँडामा ४५०० केजी आलुको बिउ किसानहरुलाई वितरण गरिएको छ । यसैगरि वडा नं. ४ हुमीनमा ४५०० केजी तथा वडा नं ५ ताहुँमा ५००० केजी आलुको बिउ वितरण गरिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु