कण्डेल दाजुभाई पशु पालन बाट आत्म निर्भाह हुँदै ।

२०७७, २३ कार्तिक आईतवार ०६:१२

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट –४ का राजेश कण्डेल र थानेश्वर कण्डेल दाजुभाईले दैनिक ३ सय ५० लिटर बढी लिटर भन्दा बढी दुध बेचेर आम्दानी गर्दै आउनुभएको छ ।

गोठमा अहिले ३२ माउ भैसी सहित ५० वटा साना ठुला भैसी पाल्दै आएका कण्डेल दाजुभाइको दाजुभाई कृषि फार्मबाट दैनिक ३ सय ५० लिटर बढि दुध बिक्री हुन्छ । दाजुभाईले मासिक ८ लाख रुपैया बढिको दुध बिक्री हुने गर्दछन । फार्ममा ६ जना कामदारले समेत रोजगार पाएका छन् । उनी कहाँ गोठबाटै दैनिक ३० देखि ३२ हजारको दुध बिक्री हुन्छ । फर्म संचालक राजेश कण्डेलका अनुसार मासिक रुपमा दाना र परालमा ३ लाख बढी खर्च हुन्छ । पारिश्रमिक र बैक ब्याजलगायतको खर्च हुन्छ र भैसी थप पनि गर्दै आएका छौ –राजेशले भन्नुभयो – सधै एकैनाशको आम्दानी नहुने भएकोले बार्षिक कति हुन्छ भन्न सकिन्न । गोठमा दुध लिन बिहान उपभोक्ताहरुको लाइन लाग्ने गर्दछ । डेरीमा अझ सम्म दुध बेच्नु नपरेको उहाँ बताउनुहुन्छ ।

नगरपालिकाले घाँसका बिउ र केही सामान सहयोग गरेको उहाँले बताउनुभयो । अनुदान पाए अझ धेरै गर्न सक्थ्यौ – कण्डेलले गुनासो गर्नुभयो – तर गरेकै छौ गरे जस्तै पनि भएको छ । उत्साही छौ । सरकारी अनुदानका ठूला कार्यक्रम आफू कहाँ नआएको उहाँको भनाई छ । गोठबाटै प्रतिलिटर रु ८० मा दुध बिक्री हुने गरेको छ । कण्डेल दाजुभाईको मिहिनेत र लगन राम्रो रहेको फार्मका छिमेकीहरु बताउछन् । बर्दघाट नगरमा ७ हजार लिटर दुध उत्पादन हुन्छ । नगर दुधमा आत्मनिर्भर हुने अवस्थामा छ । नगर प्रमुख धीरज शर्मा बस्यालले नगरले कृषकमुखी योजना ल्याएको बताउनुभयो । कृषिबाटै नगरको समृद्धि हुने भएकोले कृषकका योजना प्राथमिकतामा राखेको नगर प्रमुख बस्यालको भनाई छ । नगरपालिकाले सिजन अनुसार घाँसका बिउ , गोठ सुधार तथा पशुमा उन्नत नश्लको सिमोन , थुनेलो रोकथाम र बिभिन्न भ्याक्सिनका कार्यक्रम गर्दै आएको छ । पशुपन्छी विकास शाखा प्रमुख भरत लम्साल भन्नुहुन्छ । – प्राबिधिक परामर्श पनि दिएकै छौ । यहाँ भएका कार्यक्रम हामीले दिएका छौ । नगरमा १४२ वटा गाइ तथा भैसीका फार्म छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु