कैलालीमा जिप दुर्घटना, १५ घाइते

२०७७, १६ कार्तिक आईतवार १३:५५

कैलालीमा भएको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् । मोहन्याल गाउँपालिका–४, बाजपानीमा सु.प.०१००१च २६२३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

सांकेतिक तस्बिर , फाइल फोटो

प्रहरीका अनुसार दुर्घटनामा परेर घोडाघोडी नगरपालिका–८ का ६० वर्षीय खडक रावल, मोहन्याल गाउँपालिका–४ का ४० वर्षीय भागादेवी बोहोरा, १० वर्षीया दीपा बोहोरा, मोहन्याल गाउँपालिका–२ का ५७ वर्षीय चक्र शाही, सोही ठाउँका ४७ वर्षीय मोहनकुमार उपाध्याय, ६० वर्षीय कविराज भण्डारी र मोहन्याल गाउँपालिका–४ का ३५ वर्षीया बसन्ती भण्डारी घाइते भएका छन् ।

त्यस्तै, धनगढी उपमहानगरपालिका–४ बस्ने ५७ वर्षीय तपेन्द्र पाण्डे र सावित्र पाण्डे, घोडाघोडी नगरपालिका–८ का ७६ वर्षीय बीरबहादुर बुढा, घोडाघोडी नगरपालिका–५ का यमबहादुर हमाल, बर्दगोरिया गाउँपालिका–४ का १५ वर्षीय खगेन्द्र जोशी, सुर्खेतको चौकुने गाउँपालिका–१ की १९ वर्षीया राधिका रानामगर र उनकी छोरी २ वर्षीया निसानी रानामगर तथा सोही ठाउँका ६२ वर्षीय केवलसिह ठकुरी घाइते भएका छन् ।

ब्रेक फेल भएर दुर्घटना भएको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । सो जिपमा १६ जना सवार रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु