उद्धार गरेर ल्याउने न्यूनतम भाडा निर्धारण , कहाँबाट कति लाग्ने ? [सुचीसहित]

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री योगेश कुमार भट्टराईको नेतृत्वमा बसेको बैठकले उद्धार गरेर ल्याइने नेपालीको लागि न्यूनतम भाडसमेत निर्धारण गरेको छ ।

कोराना संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण विश्वका विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिक उद्धारमा लागि राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्स समेत प्रयोग गर्ने निर्णय गरेको छ। विश्वका विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिक उद्धारमा लागि राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्स समेत प्रयोग गर्ने निर्णय गरेको छ।

मन्त्रालयले उद्धार उडानमा प्रयोग हुने एयरलाइन्सको लागत खर्च उठ्ने गरी भाडा तय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा ११ जुनदेखि जुन २५ गतेसम्मको लागि उडान तालिकासमेत तय गरिएको छ। यसमा ६७ वटा उडान तय भएको छ। नेपाल एयरलाइन्सका २४, हिमालय एयरलाइन्स १९ र विदेशी २४ वटा उडान हुने गरी तालिका तय गरिएको उनको भनाइ छ।

नेपालले पहिलो लटमा झन्डै २४ हजार नेपाली उद्धार गर्ने तयारी गरेको छ। तर, केही दिनदेखि भाडा तथा उद्धार गर्न जाने एयरलाइन्सका विषयमा विवाद हुँदा नेपालीहरूको उद्धार सुरु हुने सकेको थिएन। मन्त्रालयले तय गरेको भाडा एयरलाइन्सले पाउने भाडा हो। कसले तिर्ने भन्ने कुरा मन्त्रालयअन्तर्गत नरहेको मन्त्रालयले स्पष्ट पारेको छ।
चार्टर्ड उडानको नाममा ट्राभल एजेन्सीले अकुत पैसा असुल गरेको भन्दै यात्रुले तिर्नुपर्ने भाडादर नै तोकेको सरकारले टिकेटिङको व्यवस्थापन एयरलाइन्सले नै गर्नुपर्ने निर्णयसमेत गरेको छ। यात्रुको व्यवस्था भने नेपाल सरकारको कूटनीतिक नियोगले गर्नुपर्ने छ। कुनै पनि क्षेत्रमा न्यूनतम ८५ प्रतिशत यात्रु भएपछि मात्र एयरलाइन्सले चार्टर्ड उडान गर्ने छ।

विभिन्न गन्तव्यबाट काठमाडौंसम्मको भाडादर (अमेरिकी डलरमा)
दमाम(साउदीअबर)- ५९०
रियाद- ६३०
जेद्हा -७७०
जोर्डन -८१५
साइप्रस- ८७५
नारिता -९३५
खार्तुन(सुडान) -९४०
फ्रयाङकफर्ट- १२५५
लन्डन – १३४०
बांगलादेश -१६५
नयाँ दिल्ली -२०५
मुम्बइ -३१०
बैंगलोर -३३५
बैंकक- ३९०
कम्बोडिया -४००
दुबइ- ५००
आवुदाबी- ५००
सारजाह -५००
माल्दिभ्स -५०५
ओमन- ५१०
क्वाललम्पुर- ५२०
दोहा -५४५
बहराइन -५४५
हङकङ -५५०
कुवेत -५७०

नेपाल आउने यात्रुले पिसिआर तथा आरडिटी परीक्षणबाट नेगेटिभ आएको प्रमाण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। त्यस्तै नेपाल आएपछि सरकारको नियमअनुसार क्वारेन्टिनमा बस्नुपर्ने छ।

Comments
Sanjay poudyal

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago