तिनाउमा पशुपन्छी वीमामा गाउपालिकाको ५० प्रतिशत सहयोग ।

२०७७, १४ कार्तिक शुक्रबार ०७:५०

पाल्पा । पाल्पा तिनाउ गाउपालिका पाल्पाले कृषकहरुलाई पशुपन्छी पालनमा वीमा सहयोग गर्ने भएको छ । गाउपालिकाले आर्थिक वर्ष ०७७।०७८ मा पशु तथा पंछी पालन गर्नेहरुको सुरक्षालाई मध्यनजर गर्दै वीमा कार्यक्रममा सहुलियत प्रदान गर्ने भएको हो ।

फाईल फोटो

नेपाल सरकारले पशुपन्छी पालन गर्ने किसानलाई वीमाको ७५ प्रतिशत रकम सहयोग गर्दै आएको थियो, किसानले २५ प्रतिशत रकम तिर्नुपर्ने थियो । गाउपालिकाको पशु विकास कार्यक्रमकि डा. मोनालिसा खनालका अनुसार, तिनाउ गाउपालिकाले पशुपन्छी वीमा कार्यक्रम सुरु गरेपछी अव किसानले १२.५ प्रतिशत रकम मात्र तिरे हुन्छ । 

किसानले वीमा गरेवापत २५ प्रतिशत रकम तिर्नुपर्ने हुन्छ, अव २५ प्रतिशत प्रिमियम रकमको पनि ५० प्रतिशत रकम तिनाउ गाउपालिकाले तिर्ने भएको हो । गाउपालिकाका कृषि शाखा प्रमुख हेमन्त शर्माका अनुसार वाख्रा, गाई, भैसी, वंगुर लगायतका पशुहरु तथा कुखुरा, हाँस, टर्की लगायतका पंछी पालन गर्ने किसानको राहतको लागि गाउपालिकाले वीमामा सहयोग गर्न खोजेको हो ।

तिनाउ गाउपालिका पाल्पाले शिद्धार्थ इन्सोरेन्स कम्पनी संग वीमा कार्यक्रम गर्ने तय गरेको छ । अव तिनाउमा पशु तथा पंछी पालन गर्ने किसानले इन्स्योरेन्स कम्पनीमा सिधै गएर वीमा गर्न सक्नेछन् ।

तिनाउ गाउपालिका चुरे क्षेत्रमा पर्दछ, यहाँ कृषि, पशुपालन तथा पंछी पालन गर्ने थुप्रै व्यवसायीहरु छन् । खासगरी गाई तथा भैसी पालन, कुखुरा, वंगुर लगायतका दर्जनौं फर्महरु तिनाउमा रहेका छन् । गाउपालिका भित्र साना तथा ठूला पशुपन्छी पालन गर्नेहरुको लागि वीमाले राहत प्रदान गर्ने गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगर बताउनुहुन्छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु