बिरालो मरेकोमा साँढे दुई करोडको क्षतिपूर्ति माग

२०७७, १३ कार्तिक बिहीबार १२:३३
एजेन्सी । मानिसहरु घरमा पालेको जनावरलाई कति माया गर्छन् भन्ने उदाहरण पाकिस्तानी एक महिलाले दिएकी छिन् । उनले आफ्नो घरमा पालेको बिरालोको मृत्यु चिकित्सकको लापवाहीले भएको भन्दै साँढे दुई करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकी छिन् । महिलाको अनुसार डाक्टरको लापरवाहिको कारण दुई महिनाको बिरालोको ज्यान गएको थियो ।

फाइल फोटो

बिरालो पाल्ने सुनदश हुरैन पेशाले एक वकिल हुन् । उनले सामान्य चेकअप गर्नका लागि क्लीनिकमा बिरालोलाई लगेकी थिइन् । क्लीनिकले बिरालोलाई भर्ना गरेर महिलालाई भने दुई दिन पछि आउन भनेको थियो । अन्य मिडियाका समाचारअनुसार बिरालोेलाई हुरैनले उहि दिन घरमा ल्याएकी थिइन् । अचानक बिरालोको स्वास्थ्यमा खराब आयो र उनले तत्काल डाक्टरकोमा लगेकी थिइन्, जहाँ बिरालोको निधन भएको थियो ।

महिलाको अनुसार डाक्टरले बिरालोलाई कम तापक्रममा राखेका थिए, जुन तापमान स्नतपायीको लागि उपयुक्त थिएन् । स्थानिय अदालतलाई दिइएको पोस्टमार्टम रिपोर्टमा बिरालोको मृत्युको कारण धेरै चिसो हुनु र भोकै रहेको छ । महिलाले डाक्टर खान र उनका एक कर्मचारीमाथि लापरवाही गरेको आरोप लगाउदै साँढे दुई करोड पाकिस्तानी रुपैयाँ क्षतिपुर्ति माग गरीरहेकी छिन् । साथै सबै आरोपको सजायको पनि माग गरेकी छिन् ।

सुनदश हुरैनले अदालत समक्ष जति पनि पशु चिकित्सालय छन् ती सबैमा निगरानीको लागि सीसीटीवी क्यामेरा राख्न पनि अपिल गरेकी छिन् । अब अदालतले चाँडो भन्दा चाँडो आरोपीसँग जवाफ माग्नेछ ।


Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु