२०७७, ९ कार्तिक आईतवार ०४:४८

झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको विर्तामोड देउनियाँस्थित आफ्नैघरमा आज बिहान बजे उहाँको निधन भएको हो उहाँलाई युरिक एसिड, सुगर पेटसम्बन्धी स्वास्थ्य समस्या थियो

प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको संयुक्त जनआन्दोलनमा पक्राउ परेपछि मैनालीलाई पञ्चायती सरकारले जेलसजाय दिएको थियो पछि बहुदल आएपछि उहाँलाई सिरहा जेलबाट रिहा गरिएको थियो

फोटो फाईल

उहाँ २०३७ २०४३ सालमा वामपन्थी समूहबाट गरामनीको जनपक्षीय प्रधानपञ्च निर्वाचित हुनुभएको थियो उहाँ अविवाहितहुनुहुन्थ्यो कम्युनिस्ट विचारधाराका निष्ठावान नेता मैनाली नेकपा एमाले, माले, माओवादी, जनमोर्चालगायतका सबैजसो वामपन्थीपार्टीमाझ प्रिय हुनुहुन्थ्यो

Comments

ताजा खबर