नक्कली नोटसहित एक पक्राउ

२०७७, ६ कार्तिक बिहीबार ११:५२

जिल्ला प्रहरी कार्यालय चितवनले रु तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको पक्राउ पर्नेमामकवानपुरको राक्सीराङ गाउँपालिका का २६ वर्षीय जीतबहादुर लोप्चन रहेका छन् ।

    फोटो फाईल

नक्कली नोटको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले राप्ती नगरपालिका चौकीडाँडाबाट मङ्गलबार उनलाईपक्राउ गरी आज सार्वजनिक गरेको हो पक्राउ पर्दा लोप्चनको साथबाट रु एक हजारको १२ थान नक्कली नोट बरामद गरिएको थियो उनले भण्डाराको युनिक होटलमा खाजा खाएर तिरेको रु एक हजार बर्तौला किराना पसलमा तिरेको रु हजारसमेत नक्कली रहेकोप्रहरीले जनाएको

बाँकी रकम घरमा लुकाई राखेको अवस्थामा बरामद गरिएको हो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङकाअनुसार उनको घरबाट रु तीन लाख दुई हजार बरामद गरिएको थियो लोप्चनलाई जिल्ला अदालत चितवनबाट मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसूरमा समय थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको यस कसूरमा १०वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवानाको व्यवस्था नक्कली नोट कारोबारमा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरीप्रमुख गुरुङले जानकारी दिनुभयो

Comments

ताजा खबर