घटनाको छानबिनका लागि संसदीय समिति गठनको माग

२०७७, २९ आश्विन बिहीबार १६:४९

प्रदेश नं. को आजको प्रदेशसभा बैठकमा नेपाली काँग्रेसका सांसदले सर्लाहीको रामनगर गाउँपालिका सिसौटका महेन्द्र रामकोकुटपिटपछि उपचारका क्रममा मृत्यु भएको घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन्

बैठकको शुरुमा विशेष समय लिएर काँग्रेसका सचेतक उपेन्द्र कुशवाहाले कुटपिटबाट दलित रामको मृत्यु भएको जिल्ला प्रहरीकार्यालय सर्लाहीले जाहेरी दर्ता नगरेको भन्दै न्यायिक समिति गठन गर्न माग गर्नुभयो सचेतक कुशवाहाले मृतकको परिवार तथाआफन्तले प्रहरीमा जाहेरी दिन जाँदा जिल्ला प्रहरी प्रमुखले जाहेरी लिन नमानेको जनाउँदै पीडितलाई न्यायका दिनुपर्ने बताउनुभयो यही असोज २१ गते दुई पक्षबीच झडप हुँदा ६५ वर्षीय महेन्द्र राम घाइने भई वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा उपचारका क्रममाअसोज २२ गते मृत्यु भएको थियो

प्रहरीले दोषीलाई जोगाउन खोजेको निष्पक्ष छानबिन नभएको भन्दै काँग्रेस कार्यकर्ताले बुधबार मलंगवामा प्रदर्शन गर्दै जिल्ला प्रहरीकार्यालय घेराउ गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला समितिले आपसी विवादका कारण भएको घटनालाईराजनीतिकरण नगर्न आव्हान गरेको

Comments

ताजा खबर