पाल्पामा कोरोना ल्याब परिक्षण शुरू

२०७७, २३ आश्विन शुक्रबार ००:२५

सन्ताेष गहतराज ,पाल्पा ।  पाल्पा जिल्लामा  कोरोना ल्याब परिक्षण बिहिबार देखि संचालनमा आएको छ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो समयमा नेपाल पनि अछुतो रहन सकेकाे छैन । जसका बाबजुद स्वाब परिक्षण पश्चात् पनि तत्काल आउनुपर्ने परिक्षणको रिपोर्ट लामो समय हुँदा पनि नआउने र स्वाब परिक्षणको लागि विभिन्न प्रयोगशाला धाउनुपर्ने समस्याबाट छुटकारा पाउने भएको छ- पाल्पा जिल्लाले पनि।

बिहीबार देखि पाल्पामा विधिवत् रुपमा कोरोना ल्याब परिक्षण संचालनमा आएको जानकारी जिल्ला अस्पताल,पाल्पाका अध्यक्ष नेत्र प्रसाद पाण्डेले दिनुभयो । कोरोना परिक्षण प्रयोगशाला पाल्पाको तानसेन नगरपालिका काजिपौवामा स्थापना गरिएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । साथै परिक्षणको लागि नाम दर्ता बिहान ८ बजेदेखी दिउँसो २ बजेसम्म हुने र फोन सम्पर्कद्वाराबाट पनि दर्ता गरिने सूचनामा उल्लेख रहेको छ। भने स्वाब परिक्षण १२ बजे देखि २ बजेसम्म हुने सूचनामा रहेकोछ।

भने पिसिआरको लागि प्रतिव्यक्ति रु. २००० लाग्ने जनाइएको छ। साथै कोरोना परिक्षणको लागि नगरपालिका /गाउँपालिका अन्तर्गतको स्वास्थ्य कार्यालयको सिफारिस अनिवार्य हुनुपर्ने पनि सूचनामा उल्लेख रहेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु