चाड पर्व नजिकिदै जादा तानसेनमा मानिसकाे अत्यधिक भिडभाड बढ्याे,काेराेनाकाे जाेखिम उच्च

२०७७, २१ आश्विन बुधबार ११:२०

सन्ताेष गहतराज , पाल्पा।।नेपालीहरूकाे महान चाड दशै नजिकिँदै गर्दा पाल्पाकाे सदरमुकाम तानसेनमा मानिसहरू भिडभाड बढेको छ । भिडभाड बढे सँगै मानिसहरू काेराेनाकाे प्रवाह नै नगरि हिडडुल गरेका छन । पछिल्लो केही दिन यता पाल्पा सदरमुकाममा मानिसहरूकाे भिडभाड हवात्ते बढेकाे छ ।

काेराेना भाइरस काेबिड १९ ले गर्दा सुनसान रहेकाे तानसेन बजारमा अहिले पाल्पाका विभिन्न ठाउहरूबाट मानिसहरू वडा दशैकाे लागि सरसामान,रङ्ग राेधन तथा अन्य अत्यावश्यक सामाग्री किनमेल गर्न बजारमा अाए सँगै बजारमा भिडभाड बढेकाे हाे । बिशेष गरि दशै नजिकिए सँगै नेपाली परम्परा अनुसार वडा दशैमा मानिसहरू घरमा रङ्ग लगाउने,लिपपाेट गर्ने गर्दछन । यसरी पछिल्लो समयमा चाडपर्व केन्द्रित गरि मानिसहरू किनमेलकाे लागि अाउदा भिडभाड बढे सँगै काेराेनाकाे संक्रमण पनि बढेको छ । पछिल्लो समयमा मानिसहरू काेराेनाकाे प्रभावलाई व्यवस्था गरि कतिपयले न त माक्र्स नत सेनिटाइजन नलगाई हिड्ने गरेकाे पाइन्छ । जिल्ला प्रशासन कार्यालयले काेराेनाकाे जाेखिम यथावत रहेकाेले अनिवार्य रूपमा माक्र्स सेनिटाइजर लगाउन र कम्तिमा १ मिटरकाे दुरी कायम गरि बस्न अार्गह गरे पनि मानिसहरू काेराेनाकाे प्रवाह नगरि हिडेकाे देखिन्छ । पछिल्लो समयमा काेराेना फैलि रहेकाे समयमा चाडपर्व नजिकिदै गर्दा मानिसहरूकाे भिडभाड बढेकाे छ । यस्ले काेराेना झन फैलिने हाे कि त्रास रहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु