काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान संख्या बढाउने भएको छ। प्रधानमन्त्री, उपप्रधानमन्त्री, परराष्ट्र, श्रम र पर्यटन मन्त्रीबीच अन्तर्राष्ट्रिय उडान थप गर्ने सहमति भएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए।
उनका अनुसार, पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउनेगरी नियमित उडान भएका मुलुकमा थप उडानको माग भए अनुमति दिइनेछ। कुनै कम्पनीले कम्पनीकै खर्चमा नेपाली कामदार नेपाल फर्काउने चाहेमा त्यस्ताहरुलाई प्राथमिकतामा राखिने मन्त्री भट्टराईले बताए।
श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग् समन्वयको व्यवस्था मिलाउनुपर्नेछ। नियमित उडान नभएका मुलुकहरुबाट पनि माग भए उडान गरिने भएको छ। तर, यात्रुको कोरोना रिपोर्ट नेगेटिभ हुनुपर्नेछ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…